Monday, 9 February 2015

‘सेक्स अफर’ मान्दा यस्तो पनि हुन्छ !

यौन सम्बन्धका कारण समाजमा पत्यारै नलाग्ने
घटनाहरु हुने गरेका छन् । महिलाहरुले यौन सम्बन्धलाई
हतियार बनाएर विभिन्न हर्कत
गर्नेहरुको बेलाबेलामा सार्वजनिक हुने गरेको छ । यस्तै
एउटा घटनाले यतिबेला युरोप र संसारमै
तहल्का पिटेको छ ।
जेल भित्रै सेक्स पार्टी ! सुन्दा पनि अचम्म लाग्ने
यो समाचार हो, ब्राजिलको ।
ब्राजिलको एउटा जेलमा तीन
जना महिला कैदीहरुको सेक्स
पार्टीको लोभमा पर्दा बिपत आइपरेको छ ।
ब्राजिलको कुइआवास्थित नोभा कारागारका तीन
जना कैदी महिलाले सामूहिक सेक्स
पार्टीको आयोजना गरेका थिए ।
त्यसको निम्तो मान्दै प्रहरी र जेलर रमाइलो गर्न थाले
। जेल सुरक्षामा रहेका प्रहरीहरुलाई महिलाहरुले
अत्याधिक रक्सी मात्रै खुवाएनन्, सेक्सका लागि अफर
समेत गरे । उनीहरुको अफरमा लोभिएका जेलर र
सुरक्षाकर्मीले महिलाहरुले नशालु
पदार्थमा मिलाइएको रक्सी खुवाएर अर्धचेत बनाए ।
पूर्व निर्धारित योजना अनुसार, महिलाहरु आफू मात्र
भागेनन्, जेलमा रहेका अन्य २८ कैदीलाई
पनि भगाएका छन् ।
महिलाको आग्रहमा सेक्स पार्टीमा सहभागी हुने
प्रहरी अहिले निलम्बनमा परेका छन् भने जेलबाट
भागेकाहरुको खोजी जारी छ । एजेन्सी

No comments:

Post a Comment