Wednesday, 11 February 2015

दूरदर्शनले नेपाल टेलिभिजन प्रसारण गर्ने....

नयाँदिल्ली : भारतको राज्यसञ्चालित टेलिभिजन
दूरदर्शनले नेपाल टेलिभिजन प्रसारण गर्ने भएको छ।
दूरदर्शनको टीटीएच सेवामार्फत भारतमा नेपाल
टेलिभिजन प्रसारण गरिने भएको हो।
सोमबार नयाँदिल्लीमा आयोजित दुई टेलिभिजन
च्यानलको संयुक्त बैठकले यो निर्णय गरेको हो।
'नेपाल टेलिभिजनलाई दूरदर्शनको डीटीएच
सेवामार्फत प्रसारण गर्ने पक्रिया सुरु भएको छ',
नेपाल टेलिभिजनका अध्यक्ष नीर शाहले भने,
'तीनचार महिनाभित्र सञ्चालनमा ल्याउने कोसिस
भइरहेको छ।'यसबाट
भारतमा बसेका नेपालीभाषी लाभान्वित हुनेछन्।
दुई प्रसारण
संस्थाबीचको अन्तरसंवादका लागि अध्यक्ष शाह
तीन सदस्यीय
प्रतिनिधिमण्डलको साथमा दिल्ली आएका छन्।
नेपालका पत्रकारलाई खेलकुद विषयमा प्रशिक्षण
दिने सम्बन्धमा भारतको प्रसार भारतीसँग
पनि छलफल भएको शाहले जानकारी दिए।
यस्तै दुवै देशका चर्चित
साहित्यकारका कृतिमाथि नेपाली र
हिन्दी भाषामा टेलिचलचित्र निर्माण गरिनेबारे
निर्णय भएको उनले जानकारी दिए।

No comments:

Post a Comment