पाकिस्तानमा भिडियो शेयरिङ साइट यूट्यूबलाइ
सधैका लागी बन्द गरिएको छ । यहाँका एक्सपर्ट्सले बताए
अनुसार यस मुसलमान बहुल्यता भएको यस देशमा अफेन्सिभ
कन्टेन्ट फिल्टर गर्न कुनै बाटो नभएपछि यो निर्णय
गरिएको हो । यसैले अब यो साइटलाइ
सधैंका लागी पाकिस्तानमा बन्द गरिएको छ ।
भिडियो शेयरिङ
वेबसाइट यूट्यूब
पाकिस्तानमा सेप्टेम्बर२०१२ देखिनै
बन्द थियो ।
यूट्यूबमा ‘इनोसेन्स अफ
मुस्लिम्स’ नामको एकविवादास्पद
फिल्मको स्क्रीनिङ पछि पाकिस्तान
प्रशासनले यसलाइ
ब्लक गरिदिएको थियो । पाकिस्तानको सुप्रीम
कोर्टले एक आदेशमा जब सम्म यस्ता भडकाऊ र ईश-
निन्दा गर्ने कन्टेन्टलाइ ब्लक गर्ने बाटो खोजिँदैन, त्यस
बेला सम्म यो साइटलाइ बन्द गरिनेछ ।
पाकिस्तानमा सूचना प्रविधि तथा दूरसञ्चार
मन्त्री अनूषा रहमानले सिनेटमा गत शुक्रबार यस
सम्बन्धमा कयौं पटक विचार विमर्श गरिएको थियो, तर
अबस्था भने सधै जस्ताको तस्तै भएको थियो । एक वरिष्ठ
सरकारी अधिकारीले समाचार एजेन्सी एएफपीलाइ भने
कि ‘सरकार कुनै रिस्क उठाउन चाहँदैन । यसैले यूट्यूब अनब्लक
गर्नु अघि उ सुनिश्चित गर्न चाहन्थ्यो कि अनब्लकिङ
पछि कुनै अफेन्सिभ कन्टेन्ट पाकिस्तानमा नदेखियोस।’
Wednesday, 11 February 2015
किन हुँदैछ यूट्यूब सधैंका लागी बन्द ?
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment