Friday, 13 February 2015

फागुन ११ बाट माथिल्लो तामाकोसीको सेयर, कसले कति पाउँछन्?

काठमाडौं–
स्वदेशी लगानीमा दोलखाको लामाबगरमा निर्माणाध
ीन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले
स्थानीय बासिन्दा, कर्मचारी सञ्चयकोषमा रकम
जम्मा गरेका सञ्चयकर्ता, कम्पनीलाई ऋण दिने
संस्थाका कर्मचारी तथा कम्पनी र नेपाल विद्युत
प्राधिकरणका कर्मचारीका लागि सेयर निष्कासन गरेको छ।
करिब
४१
अर्ब
रुपैयाँको लागतमा निर्माणाधीन यो आयोजनाको सेयरमा धेरैले
चासो राखेका छन्। चार सय ५६ मेगावाटको आयोजना ७० प्रतिशत ऋण र ३०
प्रतिशत सेयर लगानीमा बन्दैछ।
कम्पनीको चुक्तापुँजी १० अर्ब ५९ करोड
रुपैयाँको सेयरमध्ये स्थानीय बासिन्दा,
कर्मचारी सञ्चयकोषमा रकम जम्मा गरेका सञ्चयकर्ता,
कम्पनीलाई ऋण दिने
संस्थाका कर्मचारी तथा कम्पनी र नेपाल विद्युत
प्राधिकरणका कर्मचारीका लागि छुट्याइएको तीन
अर्ब ६० करोड रुपैयाँको सेयर निष्कासन गरेको हो। कम्पनीले
नागरिक लगानी कोषलाई निष्कासन
तथा बिक्री प्रबन्धक तोकेको छ।
फागुन ११ देखि छिटोमा २५ गते र ढिलोमा चैत १५ गतेसम्म सेयर
बिक्री खुला गरिएको कम्पनीले
बिहीबार सार्वजनिक गरेको आह्वान पत्रमा उल्लेख छ।
स्थानीय बासिन्दा (दोलखा जिल्लाबासी) लाई १ करोड
५ लाख ९० हजार कित्ता, सञ्चयकोषका सञ्चयकर्तालाई १ करोड ८२ लाख
९९ हजार ५ सय २० कित्ता, कम्मनीलाई ऋण दिने
संस्थाका कर्मचारी (सञ्चय कोषका कर्मचारीलाई
१५ लाख २४ हजार ९ सय ६० कित्ता, नागरिक
लगानी कोषका कर्मचारीलाई ३ लाख ४ हजार ९
सय ९२ कित्ता, नेपाल दूरसञ्चार
कम्पनी लिमिटेडका कर्मचारीलाई ९ लाख १४
हजार ९ सय ७६ कित्ता, राष्ट्रिय बिमा संस्थानका कर्मचारीलाई
३ लाख ४ हजार ९ सय ९२ कित्ता) ३० लाख ४९ हजार ९ सय २० कित्ता,
कम्पनी तथा नेपाल विद्युत
प्राधिकरणका कर्मचारीलाई ४० लाख ६६ हजार ५ सय ६०
कित्ता सेयर निष्कासन गरिएको छ।
यसको पुँजी संरचनामा ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत
साधारण छ। कम्पनी संस्थापकमा नेपाल विद्युत प्राधिकरण,
नेपाल टेलिकम, नागरिक लगानी कोष र राष्ट्रिय बिमा संस्थान छन्।
यसमा नेपाल विद्युत प्राधिकरणको ४१ प्रतिशत सेयर छ। नेपाल टेलिकमको ६
तथा नागरिक लगानी कोष र राष्ट्रिय बिमा संस्थानको २–२ प्रतिशत
लगानी छ। ४९ प्रतिशतमा सर्वसाधारणको १५ र
दोलखाबासीको १० प्रतिशत हिस्सा रहने छ।
बाँकी २४ प्रतिशत लगानी चारवटा संस्थापक
कम्पनीका कर्मचारी र आयोजनामा ऋण
लगानी गर्ने वित्तीय
संस्थाका कर्मचारीको हुने छ। सर्वसाधारणका लागि भने
अर्को चरणमा निष्कासन गरिने आयोजनाले जनाएको छ।
आयोजनाको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नागरिक
लगानी कोषका अनुसार
कर्मचारी सञ्चयकोषमा कार्यरत कर्मचारीले
सबैभन्दा बढी सेयरका लागि आवेदन दिन पाउने छन्।
सञ्चयकोषका कर्मचारीका लागि १५ लाख २४ हजार ९ सय ६०
कित्ता सेयर छुट्याइएको छ। कोषमा चार सय २५ कर्मचारी छन्।
समानुपातिक हिसाबले
भागबण्डा गर्दा कोषका एकजना कर्मचारीले तीन
हजार पाँच सय ८८ कित्ता सेयर किन्न पाउने छन्।
कर्मचारी सञ्चय कोषमा रकम सञ्चय गर्ने
सरकारी कर्मचारी,
सेना प्रहरी र विभिन्न कार्यालयका कर्मचारीले
आयोजना एक अर्ब ८२ करोड ९९ लाख ५ हजार २ सय रुपैयाँको सेयर किन्न
पाउने छन्। आयोजनाका अनुसार आयोजना र कोषबीचको ऋण
सम्झौता मिति २०६७ साउन १४ गतेसम्म सञ्चय कोषमा रकम
जम्मा गरिरहेका चार लाख १४ हजार सञ्चयकर्ताले मात्र यो सेयर खरिद
गर्न पाउनेछन्। समानुपातिक बाँडफाँटका आधारमा सेयर
लगानी गराइने कारण उनीहरुले
प्रतिव्यक्ति ४४.२० कित्ता किन्न पाउने छन्।
आयोजनाको मुख्य लगानीकर्ता नेपाल विद्युत प्राधिकरण र
तामाकोसीका कर्मचारीको लागि ४० लाख ६६ हजार
पाँच सय ६० कित्ता छुट्ट्याइएको छ।
प्राधिकरणको कर्मचारी प्रशासन महाशाखाका अनुसार
त्यहाँ हाल कार्यरत आठ हजार, आयोजना सम्झौता मितियता अवकाश
पाएका र सम्झौतायताका पूर्वसञ्चालक,
आयोजना कम्पनीमा कार्यरत गरेर झन्डै १४ हजार
कर्मचारीले सेयर किन्न पाउनेछन्।
यसका एकजना कर्मचारीको भागमा २ सय ७० कित्ता पर्छ।
नेपाल टेलिकमका ५५ सय कर्मचारीले नौ लाख १४ हजार नौ सय
७६ कित्ताको लागि आवेदन दिन सक्ने छन्। टेलिकममा कार्यरत
कर्मचारीले एक सय ६६ कित्ता सेयर पाउनेछन्।
अर्को संस्थापक लगानीकर्ता नागरिक
लगानी कोषका कर्मचारीले
जनही दुई हजार ३३ कित्ता किन्न पाउने छन्।
त्यहाँ कार्यरत कर्मचारीका लागि तीन लाख चार
हजार नौ सय ९२ कित्ता सेयर छुट्याइएको थियो। कोषमा एक सय ५०
कर्मचारी कार्यरत छन्। राष्ट्रिय
बिमा संस्थानका कर्मचारीले १४ सय २५ कित्ता पाउने छन्।
संस्थानका दुई सय १४ कर्मचारीको लागि तीन लाख
चार हजार नौ सय ९२ कित्ता सेयर छुट्ट्याइएको छ। यस्तै आयोजना निर्माण
हुँदै गरेको दोलखा जिल्लाबासीले आयोजनामा एक अर्ब पाँच करोड
९० लाख रुपैयाँ बराबरको एक करोड पाँच लाख ९० हजार
कित्ता सेयरमा लगानी गर्न पाउनेछन्।

No comments:

Post a Comment