काठमाडौं, माघ २८/आफ्ना बाबु तत्कालीन
राजा ज्ञानेन्द्र शाहले दाइजो बकस
दिएकोघरजग्गाजबरजस्तीसरकारीट्रष्टमाराखिएकोभन्दै
पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंह
न्यायका लागि सर्वोच्च अदालत पुगेकी छन् ।
विवाहमा दिएको दाइजोमाथि कसैले प्रश्न
उठाउन नसक्ने दावी प्रेरणाको छ ।
प्रेरणा ज्ञानेन्द्रको एकमात्र छोरी हुन् ।
उनको विवाह २०५९ माघ १० गते राजबहादुर
सिंहसँग भएको थियो ।
विवाह हुँदा आफ्ना बाबुले घरसहित
काठमाडौंको छाउनीको १५ रोपनी एक
आना जग्गा दाइजो बकस दिएको तर सरकारले
जवरजस्ती ट्रष्टमा राखेको दावी प्रेरणाको छ
।
कित्ता नम्बर २५
को घरजग्गा काठमाडौं छाउनीमा छ । उक्त
जग्गाको क्षेत्रपत्र ०७६६४।६० छ । आजको दैनिक
पत्रिका अन्नपुर्ण पोष्ट र समाचारपत्रमा खबर
छ ।
Wednesday, 11 February 2015
दाइजो खोसिएको भन्दै पूर्वअधिराजकुमारी प्रेरणाले हालिन् मुद्दा
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment