इटहरी : इलाका प्रहरी कार्यालय इटहरीका एक
इन्स्पेक्टरले प्रहरी कार्यालय परिसरमै बिहीबार साँझ
अख्तियारका एक कर्मचारीलार्इ निर्घात कुटपिट
गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पूर्वाञ्चल
क्षेत्रीय कार्यालय इटहरीका कर्मचारी सुरेश
मोक्तानलाई कुटपिट गर्ने इलका प्रहरी कार्यालय
इटहरीका इन्स्पेक्टर कुन्दन देबलार्इ घटना लगत्तै प्रहरीले
पक्राउ गरेको छ ।
उनलाई पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय
विराटनगरको टोलीले पक्राउ
गरी हिरासतमा लिएको हो । बिहीबार साँझ
इलाका प्रहरी कार्यालयको गोलघरमा बसेर आफन्त
पर्खिरहेका मोक्तानलाई इन्स्पेक्टर देवले
गुण्डाको शैलीमा कुटपिट गरी घाइते बनाएका थिए ।
आफन्त कुरिरहेका बेला इन्स्पेक्टर देवले ‘तँ प्रहरी कार्यालय
अगाडि बस्ने को होस्’ भन्दै गालीगलौज गरेर कुटपिट
गरेका थिए । मोक्तानले आाफू
अख्तियारको कर्मचारी भएको बताएपछि एक्कसी कुटपि
गरेको बताए ।
(i)
‘तँ मलाई अख्तियारको धम्की दिने को होस्’ भन्दै
इन्स्पेक्टर देवले देब्रे मुक्काले हानेर घाइते बनाए’, मोक्तानले
भने, ‘दादागिरी देखाएर निर्दोष
कर्मचारी माथि कुटपिट गर्ने
देबमाथि कडा कारबाही होस् ।’
इन्स्पेक्टर कुटपिटबाट मोक्तानको मुख, र घाँटीमा गम्भीर
चोट लागेको अख्तियारका क्षेत्रिय प्रमुख डुल्लुराज
बस्नेतले बताए । घटनापछि मोक्तानले देवविरुद्ध क्षेत्रीय
प्रहरी कार्यालय विराटनगरमा उजुरी दिएका छन् ।
मोक्तानको उजुरीपछि इन्स्पेक्टर देवलाई पक्राउ
गरी हिरासतमा लिएको पूर्व क्षेत्रीय प्रहरी प्रमुख
डीआईजी माधव जोशीले बताए ।
Thursday, 12 February 2015
प्रहरी कार्यालयमा इन्स्पेक्टर कुटिए अख्तियारका कर्मचारी
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment