काठमाडौं, ६ फागुन । इन्टर सेवा कम्पनी गुगलले अब
सित्तैमा इन्टरनेट सेवा दिने योजना अघि सारेको छ ।
विशेषगरी विकासोन्मुख देशहरुमा गुगलले
सित्तैमा इन्टरनेट सेवा दिने जनाएको हो ।
गुगलले विकासोन्मुख देश नेपाल, इन्डोनेसिया, भारत,
पाकिस्तान, फिलिपिन्स
लगायतका देशहरुमा सित्तैमा इन्टरनेट सेवा दिने
तयारी गरेको छ । यी विकासोन्मुख
देशहरुमा चर्को शुल्कले इन्टरनेटको पहुँच धेरै सर्वसाधारण
पुग्न नसकेको ठहर गर्दै गुगलले निःशुल्क इन्टरनेट दिने
अभियान सुरु गर्न लागेको छ ।
स्मार्टफोन ‘एन्ड्रोइड वान’ सार्वजनिक
भएका देशमा यो फोन प्रयोगकर्तालाई लक्षित गर्दै
निःशुल्क इन्टरनेट दिने अभियान चलाउन लागेको हो ।
यसका लागि गुगलले भारतका बिभिन्न मोबाइल
सेवा प्रदायक र एप्स निर्माताहरुसँग छलफल गरेर
योजना कार्यान्वयन गर्ने बुझिएको छ ।
योजना कार्यान्वयन
भएमा गुगलको अगुवाईमा मोबाइल सेवा प्रदायकहरुले
ग्राहकलाई निश्चित एप्स चलाउँदा पैसा नलाग्ने
बनाउने छ । एप डाउनलोड गर्दा र प्रयोग गर्दा लाग्ने
खर्च गुगलले टेलिफोन सेवा प्रदायक कम्पनीलाई तिर्नेछ
।
यसरी विकासोन्मुख देशका नागरिकले
सित्तैमा यो सेवा पाउन लागेको विभिन्न
सञ्चारमाध्यमले जनाएका छन् ।
Wednesday, 18 February 2015
अब निःशुल्क इन्टरनेट चलाउनुस !
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment