Monday, 16 February 2015

जापानमा मानिसको खुसी नाप्ने यन्त्र तयार......

टोकियो ,मानिस खुसी छ कि छैन भन्ने
कुरा थाहा पाउन दार्शनिक,
कवि तथा चित्रकारका अनेकौँ पुस्ताले आफ्नो जीवन
विताएका छन् र उनीहरू असफल भएका छन् तर
जापानको एक कम्पनीले आफ्ना कर्मचारी वास्तवमै
काममा खुसी छन् कि छैनन् भन्ने थाहा पाउन
नयाँ उपाय फेला पारेको बताएको छ ।
हिताची नामक
बहुसंस्था भएको सङ्गठनको एउटा सानो संस्था हिताची हाइ
टेक्नोलोजीजले खुसी नाप्ने एक यन्त्र तयार गरेको र
यसले कर्मचारी खुसी छ कि छैन भन्ने
विषयमा उसका मालिकलाई जानकारी दिने
बताएको छ । साथै यस उपकरणले आफ्ना कुनै
कर्मचारी भित्रभित्रै दुःखी भएको छ भने
यसका विषयमा पनि उक्त कर्मचारीका मालिकलाई
जानकारी दिने बताइएको छ ।
यस कम्पनीले क्रेडिट कार्ड आकारको लगाउन मिल्ने
यन्त्र तयार गरेको र त्यसमा रहेका सेन्सरले उपकरण
लगाउने व्यक्ति बसिरहेको, उठिरहेको, टाइप
गरिरहेको वा सुतिरहेको छ भन्ने थाहा पाउने
जानकारी दिइएको छ ।
यस यन्त्रले कुन कर्मचारी कोसँग कति समय
कुरा गरिरहेका छ र अन्य क्रियाकलाप गरिरहेको छ
भन्ने विषयमा पनि रेकर्ड राख्ने बताइएको छ ।
उक्त उपकरणले यी तथ्याङ्कलाई मुख्य
कम्प्युुटरमा पठाउने, त्यहाँ यसलाई सम्पूर्ण
कर्मचारी खुसी भएको वा नभएको विषयमा तुलना गरिने,
त्यसलाई पहिले नै तय गरिएको लक्ष्य अनुसार मापन
गरिने र
त्यसका आधारमा कर्मचारी खुसी भएको वा नभएको वा ऊ
स्वस्थ्य भएको वा नभएको भन्ने जानकारी प्राप्त गर्न
सकिने बताइएको छ ।
हिताचीले यस उपकरणका कारण कर्मचारीले
आफ्नो खुसी हुने उपाय पत्ता लगाउने, त्यसले
समूहको खुसी बढाउन सक्ने र अन्त्यमा त्यसले उत्पादकत्व
बढाउने जानकारी दिएको छ ।
मानिसको मस्तिष्कको अवस्थाका विषयमा जानकारी दिने
यस्तो उपकरण अप्रिल महिनामा बजारमा आउने र
यस्ता प्रति उपकरणको वार्षिक लागत एक लाख ऐन
अर्थात ८४० अमेरिकी डलर पर्ने जानकारी दिइएको छ।

No comments:

Post a Comment