Wednesday, 11 February 2015

भारत भएर तेस्रो मुलुक जानेले 'नो अब्जेक्सन' पत्र लिनुपर्न

काठमाडौ, माघ २८ - भारत भएर तेस्रो मुलुक जाने
नेपालीले अब दिल्लीस्थित नेपाली दूतावासबाट
'नो अब्जेक्सन' पत्र लिनुपर्नेछ । विश्वको विभिन्न
मुलुकहरुमा नेपालीहरु (विशेष महिलाहरु) भारतीय
बाटो हुदै अवैध रुपमा जान थालेपछि त्यसलाई
निरुत्साहीत गर्न दुवै मुलुकका गृहप्रशासनले
यस्तो सहमति गरेको हो ।
बुधबार पोखरामा सम्पन्न नेपाल भारत
सीमा ब्यवस्थापन सम्वन्धी संयुक्त कार्यदलको ११ औं
बैठकमा त्यस्तो निर्णय भएको हो ।
नेपाली टोलीको नेतृत्व गृह प्रवक्ता ढकाल र भारतीय
टोलीको नेतृत्व भारतीय गृह मन्त्रालयका सहसचिव
हितेशकुमार एस मकवानाले गरेका थिए । मानव
बेचविखनमा सक्रिय गिरोहले भारतबाट विभिन्न रुट
बनाउदै नेपालीहरुलाई अमेरिका, अफि्रका र अरब
मुलुकसम्म पुर्याउने र विचल्ली बनाउने
गरेपछि त्यसको निराकरण गर्न खोजिएको ढकालले
बताए । 'नेपालीलाई मानव तस्करीबाट रोक्न
एउटा संयन्त्र आवश्यक पर्ने भएपछि यो उपाए अवलम्बन
गरिएको हो,' उनले भने । भारतलाई ट्रान्जीट बनाएर
जानेहरुको हकमा यो लागू हुनेछैन ।
उक्त बैठकमा नेपालमा नक्कली भारतीय मुद्राको अवैध
कारोबार र भारतमा नेपाली मुद्राको छपाई
लगायतको विषयका साथै सीमावर्ती क्षेत्रमा हु्ने
अपराध नियन्त्रण, अवैध लागू औषधको कारोबार
लगायतका सम्बन्धमा छलफल भएको थियो ।
सीमा क्षेत्रको अपराध नियन्त्रणका लागि नेपाल
टेलिकम र एनसेलले दिदै आएको सीमकार्डमा कडाई गर्ने र
त्यसको अभिलेखीकरणलाई चुस्त बनाउने
विषयमा समेतमा सहमति भएको छ । भारतमा सीम
लिन सहज भए पनि त्यसको संचालन २४
घण्टा अगाडी सम्भव छैन ।

No comments:

Post a Comment