काठमाडौँ, २७ माघ । कालोधनको मुद्दाले विश्वमै
तहल्का पिटिरहेका बेला नेपालीको पनि कालो धन
रहेको खुलासा भएको छ ।
स्वीस बैंकमा आठ जना नेपालीको पाँच अर्ब
भन्दा बढी कालो धन रहेको खुलासा भएको हो ।
स्वीस प्रोजेक्टका नाममा सार्वजनिक
रिपोर्टमा नेपालीको ५ करोड ४० लाख अमेरिकी डलर
(करिब पाँच अर्ब ४० लाख रुपैंया) स्वीस बैंकमा रहेको छ
। विश्वभरबाट स्वीस
बैंकमा पैसा राख्नेहरुको सूचीमा नेपाल १ सय १६औं
स्थानमा देखिएको छ ।
देशमा कमाएको अकुत रकम स्वीस
बैंकमा थुपारिएको अनुमान गरिएको छ । अन्तराष्ट्रिय
पत्रकारको संस्था आइएफजेले गरेको खुलासा अनुसार,
स्विजरल्यान्डको एचएसबीसी बैकमा नेपालका ८
जनाको नाममा ३६ वटा खाता भेटिएको छ । जसमध्ये
एक जनाको उक्त बैंकमा ४ अर्ब ५० करोड तथा अन्य ७
जनाको बाँकी ९० करोड रहेको प्रतिवेदनमा उल्लेख छ ।
तर, गोपनियताको कारण देखाउँदै त्यो पैसा राख्ने
को हुन् भन्नेबारेमा केही खुलाइएको छैन । सबै कालोधन
२०४६ सालदेखि २०६२
सालसम्ममा राखिएको बताइएको छ ।
Tuesday, 10 February 2015
स्वीजरल्याण्डको बैंकमा नेपालीको पनि अर्बौ ‘कालोधन’ भेटियो, शंकाको घेरामा को- को ?
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment