Thursday, 12 February 2015

सामसुङले बनायो आफ्नै अपरेटिङ सिस्टम।

काठमाडौं, माघ २९ । सामसुङ मोबाइललाई
एनड्रोइड फोन भनेर पनि चिन्निछ, तर सामसुङले
टाइजान नामक अपरेटिङ सिस्टम सामसुङ जेड वान
स्मार्ट फोनका साथ विश्वव्यापी रुपमा ल्याए
पछि अब सामसुङ स्मार्ट फोनलाई एनड्रोइड फोन
भन्न मिल्दैन् ।
सामसुङ र इन्टेल मिलेर टाइजान अपरेटिङ
सिस्टमको जन्म दिएका हुन । दुई वर्ष पहिले सन
२०१३ मा सामसुङ
एन.एक्स. ३००एम २०.३ मेगापिक्सल
क्यामरामा टाइजान अपरेटिङ सिस्टमका साथ
ल्याए पनि खासै चर्चामा आएको थिएन ।
हाल २०१५ को फेब्रूवरीमा सामसुङ जेड
वानमा टाइजान ल्याए पछि राम्रो सर्मथन
पाएको छ । सामसुङले टाइजानलाई स्मार्ट
टि.भी, ल्यापटप र
ट्याबलेटको लागि पनि विकास गर्दै छन ।
एनड्रोइड आँपरेटिङ सिस्टम स्मार्ट फोन प्रयोग
गर्नेलाई टाइजान प्रयोग गर्न खासै गाहे नहुने
प्रयोगकर्ताको भनाइ छ । टाइजान र एनड्रोइड
अपरेटिङ सिस्टम मिल्दो नै छ ।
तर टाइजानमा नयाँ फिचरहरु थपेर ल्याएको छ ।
टाइजानको एनड्रोइडसंग मात्र प्रतिस्पर्धा नभइ
आइ. ओ. एस र विन्डोस फोनसंग पनि छ ।
सामसुङ ग्यालाक्सी एस ६ पनि टाइजान
आँपरेटिङ सिस्टमका साथ आउने
सम्भावना देखिन्छ ।
स्रोतः एजेन्सी

No comments:

Post a Comment