Wednesday, 18 February 2015

दलहरुसँग केही सहमति भएको पूर्वराजा खुलासा

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले तत्कालीन
राजनीतिक दलहरु र आफूबीच प्रजातन्त्रको मूल्य र
मान्यतामा आधारित
केही सहमति तथा समझदारी भएको खुलासा गरेका छन्।
६५ औं प्रजातन्त्र दिवसका अवसरमा बुधबार
शुभकामना सन्देश दिदै शाहले यस्तो खुलासा गरेका हुन्।
‘तत्कालिन राजनीतिक दलहरु र मेराबीच
प्रजातन्त्रको मूल्य र मान्यतामा आधारित जे
जति सहमति, समझदारी एवम् व्यवस्थापकीय
गतिविधि भएका थिए, तीनको स्मरण गराउन चाहान्छु’,
पूर्वराजाले भनेका छन्। तर सन्देशमा के कस्ता सहमति र
समझदारी भएका थिए भन्ने खुलाइएको छैन।
बुधबार एक वक्तव्य जारी गर्दै पुर्वराजा शाहले
नेपालको संविधान पुर्णरुपमा आएर
मूलूकको राज्यव्यवस्थाले स्थिरता र गतिशीलता प्राप्त
गरोस् भन्दै प्रजातन्त्र दिवसको शुकामना दिएका छन् ।
उनले ६४ वर्षअघि प्रजातन्त्र प्रेमी जनता र
राजाको समन्वयकारी प्रयासमा नेपालमा प्रजातन्त्र
आएको उल्लेख गरेका छन् ।
शाहले दलहरुले निषेध, विभेद, अन्योल, अलमल र कचिगंलमै
समय बिताउनु भन्दा राष्ट्रको भूबनोट, राष्ट्रिय
समाजको स्वरुप र राष्ट्रिय धर्म, परम्परा र मर्मलाई स्पर्श
गरेर अगाडी बढ्नु नै
आजको आवश्यकता भएको बताएका छन्।
आफ्ना जिजुबुवा त्रिभूवन र
नेपाली जनताको साझा पहलमा आएको प्रजातन्त्र
राष्ट्रको अलंकार र जनताको भाग्य भविष्यको आधार
भएको जनाएका छन् । उनले वक्तव्यमा भनेका छन्, ‘त्यसलाई
सही रुपले कार्यान्वयनमा ल्याई मूलूकलाई
दिगो शान्ति, स्थायीत्व र समृद्धितर्फ
अघि बढाउएमात्रै प्रजातन्त्र दिवसको सार्थकता रहन्छ
।’
(i) पूर्वराजा ज्ञानेन्द्र शाहले बुधबार निकालेको वक्तब्य

No comments:

Post a Comment