Thursday, 19 February 2015

मलेसियाको विकासमा नेपालीको ठूलो हात

मलेसियाले त्यहाँको सुरक्षा तथा अन्य विकास
सम्बन्धी काममा नेपालीको साथ र सहयोग उपलब्धि मूलक
भएको बताएको छ ।विहीबार मलेसियामा अवैतानिक
दूतावासको उद्घाटन गर्दै मलेसियाका गृह
मामिला सम्बन्धी उपमन्त्री दातो हाजी वान
जुनाइदी तुनकु जाफरले सो कुरा बताउनुभएको हो ।
मलेसियामा ५ लाखभन्दा बढी नेपाली श्रम गरिरहेका छन् ।
त्यस क्रममा मन्त्री जाफरले देश
विकासमा नेपाली युवाको योगदान अतुलनिय रहेको बताउँदै
नेपालीको उपस्थितिले दुई देशका नागरिकवीच सम्बन्ध
पनि विस्तार हुँदै गएको बताउनुभयो ।
मलेसियाको पेनाङ राज्यमा नेपाली अवैतानिक बाणिज्य
दूतावास कार्यालयको उदघाटन उपमन्त्री जाफर र
नेपाली राजदूत निरन्जनमासिंह बस्नेतले संयुक्त उद्घाटन
गरेका हुन् । मलेसियामा यो पहिलो अवैतानिक दूतवास हो ।
जोहरबाहरुमा सम्पर्क कार्यालय स्थापना गरेको एक
साता नहुदै पेनाङमा अवैतानिक दूतावास खोलिएको हो ।
दुईपक्षीय पर्यटनको विकास, मलेसियाली लगानी र
नेपाली कामदारको समस्या समाधानका काम अवैतानिक
दुतावासले गर्ने छ । अवैतानिक दूतावासले राहदानी फारम
संकलन, कामदारमाथि पर्ने समस्याको समाधान र
मुलुकको पर्यटन प्रवर्द्धनको काम गर्नेछ ।

No comments:

Post a Comment