Sunday, 15 February 2015

विदेशबाट घर फर्किँदा श्रीमतीले अर्कैको गर्भ बोकेको रहस्य खुलेपछि…

खोटाङ, ३ फागुन । वैदेशिक रोजगारका कारण
समाजमा अनेकन विकृतिहरु देखा पर्न थालेका छन् । यस्तै
एउटा घटना सार्वजनिक भएको छ खोटाङ । श्रीमतीले
अर्कैको गर्भ बोकेको रहस्य खुलेपछि खोटाङमा एक
युवकले श्रीमतीको हत्या गरेका छन् ।
घर जलेर मृत्यु भएको भनिएकी खोटाङकी फेदी–४ की २२
वर्षीया निर्मला भन्ने सुष्मा राईको श्रीमानले
हत्यापछि जलाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
गत माघ २ गते राति २ बजे उनकै श्रीमान् २४ वर्षीय
सुदीप राईले हत्या गरी त्यसलाई ढाकछोप गर्न
घरमा आगो लगाएको खुलासा भएको प्रहरी नायब
निरीक्षक यादव गौतमले बताउनुभयो ।
सुष्माको मृत्युपछि माइतीपक्षको जाहेरीका आधारमा श्रीमान
सुदीप राईलाई माघ १८ गते
पक्राउपछि अनुसन्धानका क्रममा हत्या गरिएको खुलासा भएको गौतमको भनाइ
छ ।
सुष्माको पेटमा पाँच महिनाको गर्भ
रहेको मृत्युपछि शव परीक्षणमा देखिएको अस्पताल
स्रोतले जनाएको छ । घटनाको दुई साताअघिमात्र
विदेशबाट घर आइपुगेका श्रीमानसँग
यही विषयमा झगडा हुँदा मृत्यु
भएको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।
श्रीमान विदेशमा हुँदा सुष्मासँग सम्बन्ध
जोडिएका स्थानीय २७ वर्षीय दुर्गाधन राईलाई
पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment