महिनावारीको वेला सेक्स गर्नु ठीक हुन्छ
कि हुँदैन ? यो कुरा महिला/पुरुष ज्यादै
पिरोल्ने विषय हो । धार्मिक परम्परामा त
महिनावारीको वेला सेक्स गर्न बर्जित
गरिएको छ । तर, वैज्ञानिक अनुसन्धानले के भन्छ
त ? आउनुस्, प्रेम र यौनको श्रृंखलामा यस
विषयमा जानकारी राखौं ।
महिलाको योनिबाट महिनामा एक पटक रगत
आउने गर्दछ । त्यसलाई
हामी महिनावारी भएको भन्छौ ।
महिनावारी भनेको शारीरिक
परिवर्तनमध्येको एक परिवर्तन हो ।
यो हाम्रो शरीरमा भएका रागरसहरू
(Hormones) को मात्रामा आउने
परिवर्तनका कारणले हुने गर्दछ ।
महिनावारी प्राकृतिक सरसफाइ
प्रक्रिया हो र महिनावारी हुनु
भनेको एउटी केटी हरेक महिना गर्भवती हुन तयार
हुने सङ्केत हो । यदि महिला महिनावारी भइन्
भने पाठेघरले बनाएको रगतको तह विस्तारै
योनिमार्ग हुदै रगतका रूपमा शरीरबाट बाहिर
निस्कन्छ जुन रगतको रङ्ग गाढा रातो हुन्छ र
कहिले कही ढिका जस्तो भएर
जमेको रगतका रूपमा पनि बाहिर निस्कन्छ ।
महिनावारी हुदा यौन सम्पर्क राख्ने नराख्ने
भन्ने कुरा व्यक्तिको इच्छा र निर्णयमा भर पर्छ
तर वैज्ञानिक रूपले महिनावारी हुदा यौन
सम्पर्क राख्नु सुरक्षित छ र यो कुनै फोहोर चिज
पनि होइन । एक स्वस्थ केटी/महिलासंग
महिनावारी भएको बेला यौन सम्पर्क
राख्नाले लिङ्गमा कुनै प्रकारको सङ्क्रमण
वा एलर्जी हुदैन भने महिलाको पाठेघर वा अन्य
यौन अङ्गलाई पनि कुनै असर पर्दैन । तर
महिलालाई एचआईभी तथा यौनजन्य सङ्क्रमण
भएको छ भने उसको यौन साथीलाई
एचआईभी तथा यौनजन्य सङ्क्रमण हुने
सम्भावना भने यति वेला अन्य सामान्य
अवस्थामा भन्दा धेरै हुन्छ ।
पहिलो कुरा,
महिनावारीको समयमा यदि तपाईको पार्टनर/
महिलाको योनीमा पीडा छैन भन्ने सेक्स
गर्दा कुनै हानिकारक मानिदैन ।
यदि तपाईको पार्टनरलाई कुनै आपत्ति छैन भने
तपाई कण्डमविना नै सेक्स गर्न सक्नुहुन्छ । यसले कुनै
प्रकारको विराम सिर्जना हुँदैन र कुनै
शारीरिक विकार पनि उत्पन्न गराउँदैन ।
महिनावारीको वेला असुरक्षित यौन सम्पर्क
(परिवारनियोजनका साधन प्रयोग नगरी)
गरेमा गर्भ रहने सम्भावना धेरै कम हुन्छ
किनकि डिम्ब निस्केर शुक्रकीटसंग भेट
नभएपछि डिम्ब मात्र पाठेघरमा आउछ र
त्यति वेला बाक्लो भइ
रहेको पाठेघरको भित्री तहको पनि काम हुदैन ।
सोही कारण डिम्ब सहित
त्यो बाक्लिएको तह रगतका रूपमा बाहिर
आउछ । त्यही नै महिनावारी हो ।
त्यसैले यति वेला शुक्रकीटको मिलन डिम्बसंग
नहुने हुनाले गर्भ रहने कुरै हुदैन । तर
यदि कसैको महिनावारी छिटो छिटो जस्तैस
२० दिनमा नै हुन्छ भने महिनावारी भएको ४ – ५
दिनमा यौन सम्पर्क राख्नाले
महिला गर्भवती हुन सक्छे । त्यसैले आफू सुरक्षित
हुनका लागि सधै कन्डमको प्रयोग गर्नु निकै
आवश्यक छ । यसले गर्भ निरोधकको काम
गर्नाका साथै यौनजन्य रोगहरू सर्नबाट
पनि जोगाउछ ।
दोस्रो जान्नै पर्ने कुरा,
महिनावारीको समयमा महिलाको योनी अरु
वेलाभन्दा गिलोपन हुन्छ, जसले सहवास
प्रक्रिया सजिलो पनि गराउँछ । यो कुरा भुल्नै
हुँदैन,
यदि महिनावारीको समयमा तपाईको महिला पार्टनरमा कुनै
प्रकारको इन्फेक्सनको आंशका छ भने तपाईले
सेक्स गर्दै नगर्नुस् । (एजेन्सीबाट)
Thursday, 12 February 2015
महिनावारीको वेला सेक्स गर्नु ठीक हुन्छ कि हुँदैन ? यो कुरा जानी राखौं।।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment