काठमाडौं,
नेपाली युवती भारतका कोठीमा बेचिने क्रम अहिले
कम भएको छ ।
नेपाली चेलीहरु आधुनिक तरिकाबाट
खुलेका कोठीमा बेचिन थालेका छन् ।
काठमाडौंमा मसाज सेन्टर बन्द
भएपछि काठमाडौंमा फ्ल्याट भाडामा लिएर यौन
व्यवसाय सञ्चालन हुने
गरेको रक्षा नेपालकी मेनुका थापाले बताएकी छिन् ।
‘युवतीलाई बन्धक बनाएर वेश्यावृत्तिमा लगाइने
गरिएको छ,’ उनले भनिन्
‘चेलिबेटी बेचबिखनको यो नयाँ शैलीप्रति कसैले
चासो दिएको छैन् ।’
यस्ता फ्ल्याटमा जुवादेखि मदिरासम्मको सुविधा हुने
गर्छ ।
त्यहीबाट युवतीहरु होम सर्भिसका रुपमा पठाउने काम
पनि हुने गरेको छ ।
यस्तो व्यवसायका सञ्चालक प्राय महिला नै हुने गर्छन्
।
गाउँका सोझा र कमजोर आर्थिक
अवस्थाका युवतीलाई यस्ता अखडामा बिक्री गर्ने
गरिएको थापाले बनाइन् ।
चेलीबेटी बेचबिखन र यौन व्यवसायविरुद्ध लड्दै
आएको माइती नेपालका निर्देशक विश्व खड्काले
कोठीका रुपमा राजधानीमा युवतीको किनबेच र
यौन व्यवसाय सुरु
भएको बताएको नयाँ पत्रिका दैनिकले छापेको छ ।
‘आजभोलि विभिन्न ठाउँमा घर भाडामा लिएर
कोठी सञ्चालन हुन थालेका छन्, तर निगरानी गर्ने
को हो’, उनले भने ।
माइती नेपालले
राजधानको डान्सबारलगायतका क्षेत्रमा जबर्जस्ती यौन
व्यवसायमा लगाइएका १९ युवतीलाई उद्दार गरेर
पढाउने र सीपमुलक तालिम दिने काम
गरिरहेको निर्देशक खड्काले बताए ।
Saturday, 14 February 2015
राजधानीमा फ्ल्याट भाडामा लिएर यौन व्यवसाय हुने गरेको छ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment