दाङ। हँसीलो स्वभावका गायक हुन् बद्री पंगेनी । तर उनी जति हँसिला देखिन्छन् उती नै भावुक पनि छन् । उनको सर्वाधिक चल्तीको र मार्मीक सन्देश बोकेको चाउ चेली सिन्दुर लाउ बोलको गीतबाट चेलीहरुको आँखा सरीलो बनाउँदै आएका गायक पंगेनीले दाङमा दिदी बहिनी मात्रै नभई आमाहरुलाई पनि आफ्ना गीत मार्फत रुवाएका छन् ।
शुक्रवार अपरान्ह तुलसीपुरमा जारी मध्यपश्चिम महोत्सवमा गाएक पंगेनीले ‘आमा विदा पाउँदिन, अहिलेको सालपनि घर आउँदिन’वोलको गित गाउँदा दंगाली आमाहरु भक्कानिएका हुन । हातमुखको जोहोगर्न विदेशमा पुगेको छोराको पिडा र विरह मिश्रित गित गाएक पंगेनीले स्टेजमा गाउँदा दर्शक दिर्घामा बसेका आमाहरु अस्रुधारा रुनथालेपछि पंगनी आँफै उनीहरुका कहाँ पुगेर संझाउनु परेको थियो ।
लामो समय सम्मपनि उनीहरुका आँशु नथामिएपछि उनले पटक÷पटक स्टेजवाटै संझाएका थिए । ५ वटा गीत पस्किएका गाएक पंगेनीले समसामयिक राजनितिक परिस्थिति माथि व्यङ्ग्य गर्दै ‘खोईत हजुर संविधान,किन गर्छौ कुर्सी हानाहान’भन्ने वोलको गित गाउँदा दर्शकवाट निकै तालि पाएका थिए । सशुरालि गइरन्थे दिनका दिन भन्ने सालि भेनाको गितवाट धेरैलाई नचाउन सफल भएका थिए ।
No comments:
Post a Comment