६५ औं प्रजातन्त्र दिवसको यस अवसरमा म समस्त
नेपालीहरुमा हार्दिक शूभकामना व्यक्त गर्दछु । आज
भन्दा ६४ बर्ष अघि प्रजातन्त्र प्रेमी जनता र
राजाको समन्वयकारी सत् प्रयासबाट नेपाली जमीन र
जनजिवनमा प्रजातन्त्रको विजारोपण भएको हो ।
प्रजातन्त्रको लागि त्याग र उदारता प्रस्तूत गर्ने
हाम्रा जिज्यु बूवा राष्ट्रपिता स्व .श्री ५ त्रिभूवन र
वलिदान एवं जीवन उत्सर्ग गर्ने शहिदहरु प्रति म हार्दिक
श्रद्धाभाव र श्रद्धाजंली प्रकट गर्दछु ।
प्रजातन्त्र राष्ट्रको अलंकार हो र
जनता जनार्दनको भाग्य
भविष्यको आधार हो । राज्य संचालन र
विधि व्यवस्थापनका निम्ति चाहिने मूख्य विषय
आपसी सूझबूझ , समझदारी र अनूभवयूक्त प्रयत्न हो । निषेध ,
विभेद, अन्यौल , अलमल र कचिगंल मै समय विताउनू
भन्दा राष्ट्रको भूवनो, राष्ट्रिय समाजको स्वरुप र
राष्ट्रिय धर्म , परम्परा र मर्मलाई स्पर्श गरेर
सहि दिग्दर्शन गर्नेतर्फ अगाडि बढ्नु नै
आजको आवश्यकता हो ।
६४ बर्ष अघि हाम्रा जिज्यू वूवाले र ढ बर्ष
अघिको बर्षारम्भमै म स्वयंले गरे
गराएको कार्यविधी पनि प्रजातन्त्र र त्यसको आधार
राष्ट्रियतालाई बलियो बनाउने कार्य कदम थियो भन्ने
कूरा म पून स्मरण गराउन चाहन्छू । त्यसैले तत्कालिन
राजनीतिक दलहरु र मेरा वीच प्रजातन्त्रको मूल्य र
मान्यतामा आधारित जे जती सहमती , समझदारी एवं
व्यवस्थापकीय गतिविधी भएका थिए तिनको स्मरण र
अनूसरण गदैें त्यसलाई सही रुपले कार्यान्वयनमा ल्याई
मुलुकलाई दिगो शान्ति , स्थायीत्व र समृतितर्फ
अघि बढाउन सकेमा नै आजको पूनित
दिवसकोे सार्थकता रहन्छ ।
नेपालको मूल कानून परिपुर्ण रुपमा आवोस् , मूलूकको राज्य
व्यवस्थाले स्थिरता र गतिशिलता प्राप्त गरोस्
यही मेरो शूभकामना छ ।
श्री पशूपतीनाथले हामी सबैको कल्याण गरुन ।
जय नेपाल ।
Wednesday, 18 February 2015
पूर्वराजा ज्ञानेन्द्रले विज्ञप्ति नै निकालेर यस्तो भने पढ्नुस पूरा . .
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment