Wednesday, 11 February 2015

आर्थिक अनियमितताको विषयमा अध्यक्ष र प्रबन्धकबीच कुटाकुट

लहान-आर्थिक अनियमितताको विषयलाई लिएर सिरहाको नरहा रिगौल
गाविसस्थित लक्ष्मीनारायण साना किसान
सहकारी संस्थाका पदाधिकारीबीच
आज कार्यालयभित्रै कुटाकुट भएको छ।
सहकारी संस्थाका प्रबन्धकले संस्थाको रकम
हिनामिना गरेको भन्दै कार्यालय भवनमा भइरहेको छलफलमै
संस्थाका अध्यक्ष सकुर साह र प्रबन्धक रामनारायण
साहबीच कुटाकुट भएको हो।
संस्थाका सेयर सदस्यहरूबाट बचत भएको रकम तथा ऋण
लगानीको क्रममा उठाइने तमसुकवापतको रकम
अनियमितता गरेको भन्दै संस्थाका अध्यक्ष साहले प्रबन्धकलाई पदबाट
हटाइको पत्र थमाएपछि दुवै पदाधिकारीबीच
बैठकमै कुटाकुट भएको छ।
बैठकमै संस्थाका अध्यक्ष र प्रबन्धकबीच कुटाकुट
भएपछि दुवै जनालाई
अनुसन्धानका लागि ल्याइएको इलाका प्रहरी कार्यालय
लहानका प्रहरी निरीक्षक चन्द्र
राजवंशीले जानकारी दिए।
अध्यक्ष सकुरले संस्थाका सेयर सदस्यबाट बचत
भएको रकमको हरहिसाब प्रबन्धकले नदेखाएको र हरहिसाब
माग्दा उल्टै प्रबन्धकले संस्थाका अन्य पदाधिकारीलाई
गालीगलौज तथा हातपात गर्दै आएको आरोप लगाए।
प्रबन्धक साहले भने आफूमाथि अध्यक्षले नै हातपात
गरेको बताएका छन्।
अनियमिततामा आफूमात्र संलग्न नभएको स्वीकार्दै प्रबन्धक
साहले संस्थाका पदाधिकारीको मिलोमतोमा आर्थिक
अनियमितता भएको स्वीकार गरे। र

No comments:

Post a Comment