Monday, 9 February 2015

विदेश जान छाडेर पाँच युवाले गरे सामुहिक कुखुरापालन

बागलुङ, माघ २७ गते । धौलागिरि अञ्चललाई
अण्डामा आत्मनिर्भर बनाउने उद्देश्यले
बागलुङका ५ युवाले सामुहिक कुखुरापालन शुरु
गरेका छन् । धौलागिरिका बागलुङ, पर्वत र
म्याग्दीमा दैनिक १५ हजार
भन्दा बढी अण्डा खपत हुने गरेकोमा युवाहरुले
सोही परिणाममा अण्डा उत्पादन गर्ने लक्ष्य
सहित एक करोड रुपैया“को लागतमा कुखुरापालन
शुरु गरेका हुन् ।
नेपाली समाजमा पैसा कमाउ“नका लागि विदेशनै
जानुपर्छ भन्ने मान्यतालाई तोड्दै विदेश
जा“दा गर्ने लगानी आफ्नै देशमा गर्ने
भावना अनुसार एक करोड
रुपैया“को लगानीमा धौलागिरि दाना एण्ड
पोल्ट्रफर्म
सञ्चालनमा ल्याइएको फर्मका अध्यक्ष राजु
गौतमले बताउनुभयो । ‘हामी मध्य
कोही राजनीतिमा सक्रिय हुनुहुन्थ्यो,
कोही विदेश गएर आउनुभएको थियो, अब नेपालमै
आम्दानी हुने ठाउ“मा लगानी गरौं, विदेश जाने
पैसा यतै खर्च गरौं भन्ने सल्लाह बमोजिम जनही २०
लाख रुपैया“का दरले शेयर लगानी गरी फर्म
सञ्चालनमा ल्याएका हौं ।’ गौतमले भन्नुभयो ।
१५ हजार कुखुरा पाल्ने उद्देश्य सहित
स्थापना गरिएको फर्ममा अहिले ५ हजार ५ सय
कुखुरा रहेका छन् । गत बैशाखदेखि भौतिक
संरचना निर्माणको काम शुरु
गरेपछि भदौ महिनामा कुखुराको चल्ला राखिएको थियो ।
‘चार महिनापछि अण्डा दिन सक्ने लेयर्स (हाइलेन)
जातको कुखुरा पालेका छौं, अहिले दैनिक ४
हजार ५ सय भन्दा बढी अण्डा दिन थालेको छ ।’
फर्मका कोषाध्यक्ष प्रेम केसीले भन्नुभयो ।
विद्यार्थी राजनीतिमा लाग्नुभएका केसीले
आर्थिक समृद्धि बिना राजनीतिक
रुपमा अगाडि जान नसकिने देखेर
कृषिमा लगानी शुरु गरिएको बताउनुभयो । ‘अब
पहिलाको जस्तो परिस्थिति छैन ।’
अनेरास्ववियु बागलुङका अध्यक्ष समेत
हुनुभएका केसीले भन्नुभयो– ‘आर्थिक
समृद्धिका लागि कि त बिदेश, कि त व्यवसाय
गर्नैपर्ने भएपछि स्वदेशमै लगानी गरेका हौं ।’
गाउ“बाट सदरमुकाम आएर
राजनीति तथा अध्ययनमा रहेका युवाहरुलाई
फर्म सञ्चालनको सुरुवातमा लगानी जुटाउ“न
धौ–धौ परेको थियो । ‘पैसा कमाउ“न विदेश
जान्छु, भन्दा जतिलेपनि ऋण लगानी गर्न खोज्ने
तर यही लगानी गरेर केही गर्छु भन्दा कसैले पनि ऋण
दिन इच्छा देखाएनन्, अहिले अण्डा दिन
थालेपछि लगानी गर्छौ भन्नेको भीड नै छ ।’
केसीले भन्नुभयो । लामो समय
चितवनमा कुखुरा पालन व्यवसाय गर्दै
आउनुभएका सुरथबहादुर सुवेदी केही समय
अगाडिको बर्डफ्लुका कारण व्यवसाय
धरासायी भएपछि बागलुङ आएर
युवाहरुस“गको सहकार्यमा फर्म सञ्चालन गर्न
सफल भएको बताउनुहुन्छ । ‘म बागलुङबासीनै,
मेरो व्यवसाय धरासायी भएपछि जिल्ला फर्केर
अण्डा उत्पादनतर्फ लागेको हु“ । आफूस“ग व्यवसाय
गर्ने स्पष्ट योजना भएकाले युवाहरुलाई
सोही योजना अनुसार लगानी गर्नतर्फ आकर्षित
गरेको थिए ।’ सुवेदीले भन्नुभयो ।
कुखुरा पालनमा दक्ष सुवेदी,
किराना व्यवसायी राजु गौतम, राजनीतिज्ञ
प्रेम केसी, सामाजिक क्षेत्रमा सक्रिय प्रकाश
चालिसे र विदेशबाट फर्केर आएका राजु केसीले
आ–
आफ्नो क्षेत्रमा गरेको अनुभवका आधारमा काम
गर्दा सफल भइन्छ भन्ने उद्देश्यले फर्म
सञ्चालनमा ल्याएको बताउ“छन् ।
‘पहाडी क्षेत्रमा कुखुरा पाल्न गाह्रो प¥थ्यो तर
सबैको इच्छा शक्तिका कारण सफल भएका छौं ।’
कुखुरापालक प्रकाश चालिसेले बताउनुभयो ।
व्यवसाय सञ्चालनका लागि लगानी जुटाउन
वित्तिय संस्थाहरुमा गएपनि आफूहरुले
भनेजति सहयोग नपाएको चालिसेको गुनासो छ ।
‘भन्ने बेलामा कृषिमा लगानी गर्ने भन्छन्, तर
शुरुवातको चरणमा कसैले लगानी गर्न चाहेन, अहिले
दैनिक अण्डा उत्पादन हुन्छ, दैनिक डिपोजिट हुने
भएपछि बल्ल लगानी गर्नेहरुले पैसा आवश्यक परे
भन्नुहोला भन्ने गरेका छने ।’ चालिसेले भन्नुभयो ।
बागलुङको पैयुपाटा गाविस वडा नं. ७ मा २३
रोपनी जग्गा वार्षीक ६० हजार रुपैया“
भाडा तिर्नेगरी जग्गा लिएर फर्म
सञ्चालनमा ल्याइएको छ । ५ हजार ५ सय
कुखुराका लागि दैनिक २५ हजार रुपैया“ खर्च हुने
गरेको फर्म सञ्चालकहरुले बताउ“छन् । ४ महिनासम्म
दैनिक २५ हजारका दरले ३० लाख रुपैया“सम्म
लगानी गरिसकिएको छ । ‘अण्डा दिनेबेलासम्म
लगानी गरेको ग¥यै हो, अण्डा दिन थालेपछि त
नियमित आम्दानी समेत हुने गरेको छ ।’ सञ्चालक
राजु केसीले बताउनुभयो । २०–२० लाख रुपैया“
लगानी गरेका युवाहरुले मेहनतका साथ फर्म
सञ्चालन गरेका थिए । ‘हाम्रो सबै सम्पत्ति भनेकै
यही हो, यदी लगानी डुबेको भए
सुकुम्वासी हुनुपर्ने थियो,
सबैको इच्छा शक्तिका कारण अब कुखुराले
आम्दानी गर्न थालेको छ । एक वर्षमा अहिलेसम्म
भएको सबै लगानी उठाउछौं ।’ केसीले भन्नुभयो ।
दैनिक अण्डा दिन
थालेपछि युवाको मुहारमा खुसीयाली छाएको छ
। ‘लाखौं लगानी गर्दा कता लगानी डुब्ने
हो कि भन्ने चिन्ताले रातभर
निद्रा लाग्दैनथ्यो, अहिले त कुखुराले अण्डा दिन
थालेपछि खुसीयाली छाएको छ ।’
फर्मका प्रबन्धक समेत रहनुभएका सुरथबहादुर केसीले
बताउनुभयो । फर्म सञ्चालनमा आएपछि ५ जनाले
रोजगारी समेत पाएका छन् । कुखुराको रेखदेख,
समय समयमा दाना पानीको व्यवस्था गर्न,
अण्डलाई व्यवस्थित तरिकाले प्याकिङ गर्न र
आर्थिक व्यवस्थापन गर्न
कर्मचारी राखेको सञ्चालकहरु बताउ“छन् ।
उनीहरुले कुखुरापालनस“गै व्यवसायीक
तरकारी खेती समेत गर्न थालेका छन् ।
जग्गा बढी भएका कारण
भएको जग्गामा तरकारी,
टनेलमा गोलभेडा लगायतका खेती गर्न
लागेको उनीहरुको भनाई छ ।
दुई सातादेखि अण्डा उत्पादन शुरु
भएको फर्ममा अहिलेसम्म ८ लाख
भन्दा बढी रुपैया“का अण्डा बिक्री भइसकेका छन्
। शुरुको चरणमा अण्डा सानो भएका कारण
बिक्रीमा समस्या भएपनि अहिलेभने
अण्डाको माग बढ्दै गइरहेको छ । बागलुङ
बजारदेखि बलेवा एयरपोर्टसम्म जाने
सडकको छेउमा फर्म
भएकालेपनि ढुवानीमा समस्या छैन ।
धौलागिरिमा अण्डा उत्पादन नहु“दा दैनिक १५
हजार भन्दा बढी अण्डा नारायणगढबाट आयात
हु“दै आएको थियो ।
 

No comments:

Post a Comment