Sunday, 15 February 2015

क्यानडा एक्सप्रेस ईन्ट्रीः सोचे जस्तो छैन।


हिजो आज डिजिटल खबर
साईटहरुमा क्यानडाको श्रम
बजार र यसको आवस्यकताहरुको बारेमा धेरै
लेख तथा समाचारहरु
पढ्न पाईन्छ ।
यस्ता सूचना तथा जानकारिहरुले क्यानडा आउन
चाहानेहरुको लागी कौतुहलता श्रृजना नगर्ने कुरै भएन ।
अरबियन देशहरुका साथै मलेशियामा आप्रवासि कामदारका रुपमा काम गर्ने
साथी भाईहरुले प्रत्येक कुराकानीमा सोध्ने
जिज्ञासाहरु हुन
यिनीः कसरि क्यानडाको आप्रवासि अनुमति पाईन्छ ?
कामको अनुमति कसरि पाईन्छ ? कसरि आवेदन दिन सकिन्छ ? के लेखिए जस्तै
सजिलै क्यानडा आउनका लागि निवेदन दिएर छनोट हुन सकिन्छ ?
यस्ता जिज्ञासाहरुको उत्तर सोझै सकिन्छ वा सकिन्न भन्ने
नभएता पनि यसका बारेमा क्यानडा सरकारको नागरिकता तथा आप्रवासि बिभागको (Citizenship
and Immigration Canada) को वेबसाईटले जनाए अनुसार
यो प्रकृयाको बारेमा यहाँ केहि चर्चा गर्ने प्रयास गरेको छु ।
नागरिकता तथा अध्यागमन क्यानडा (CIC) ले बिधुतिय
प्रणालीमा आधारित द्रुत प्रवेश (एक्सप्रेस
ईन्ट्री) आवेदन फारम जनवरि २०१५ बाट लागु गर्दैछ । यस
कार्यक्रम अन्तरगत स्थाई
बसोबासका लागी दिएका निवेदनहरुलाई व्यवस्थित गर्नुका साथै
आर्थिक कार्यक्रम व्यवस्थापनमा पनि सहज र छिटो हुने
कुराको अपेक्षा सरकारले राखेको छ ताकि निवेदकले आफ्नो निवेदनको अन्तिम
फैसला पाउन बर्षौ कुर्न नपरोस । यस सँगै बिधमान र भविस्यको श्रम
बजारको माग पुरा गर्दै क्यानडाको आर्थिक पक्षलाई सुदृढ गर्दै देशलाई
बलियो बनाई राख्न दक्ष आप्रवासी कामदारहरुको बसाईसराइले
क्यानडाको आवस्यकता पुरा गर्ने सरकारले बिस्वास लिएको देखिन्छ ।
अहिले सम्म जारि क्यानडाको अध्यागमन सम्बन्धि व्यवस्था निकै लामो र
झन्झटिलो भएकोले एक्सप्रेस ईन्ट्री लागु भए पछि फेडेरल
स्किल्ड वर्कर, फेडेरल स्किल्ड ट्रेड तथा क्यानेडियन एक्सपिरियन्स क्लास
अन्तरगतका आवेदनहरुको अध्ययन, मुल्याङकन र छनोट गर्न
प्रभावकारि हुने ठहर सिआईसिको छ । सबै
प्रकारका कार्यक्रमका लागी आवेदन दिने बाटो यहि एक्प्रेस
ईन्ट्री हुनेछ । प्रान्त तथा टेरिटोरिजहरुले
पनि यहि मातहत रहेर आफ्नो श्रम बजारको आवस्यकता अनुसार
आप्रवासि दक्ष कामदार लिन सक्ने छन जुन काम बिगत बर्षहरु देखि नै चल्दै
आईरहेको छ ।

एक्सप्रेस ईन्ट्री भनेको के हो ? यस्ले कसरि काम गर्छ ?
एक्सप्रेस ईन्ट्री भनेको बढीमा १
बर्षको अवधीमा आप्रबासका लागि दिएको निवेदनको अन्तिम
निर्णय भईसक्नु पर्ने भन्ने बुझिन्छ । निवेदकले जुन सुकै
कार्यक्रमको लागि निवेदन दिएको भए पनि बढिमा १ बर्षमा क्यानडाको भिषा पाउने
वा नपाउने टुङ्गो लाग्नेछ । यो प्रणालीमा दुईवटा तहहरु छन
। पहिलो, कामको सुरुवात आफुलाई योग्य ठान्ने व्यक्तिले अनलाईन वा बिधुतिय
माध्यममा “एक्सप्रेस ईन्ट्री प्रोफाईल” पुरा गर्नु पर्दछ ।
जसमा व्यक्तिले आफ्नो व्यक्तिगत विवरण बनाउँदा आफुले हासिल
गरेको योग्यता, अनुभव, भाषाको दक्षता, उमेरका साथै तोकेका सबै विवरण दिनु
पर्दछ । यि सबै योग्यता निर्धारण गर्ने बिषयहरुमा निश्चित अंक प्राप्त गर्न
पर्नेछ । निवेदकहरु मध्ये जसको तोकेको योग्यता पुग्दछ,
उनिहरुको एक्सप्रेस ईन्ट्री प्रोफाइल उमेद्दवारको समुह
निर्माण गरि सुचिकृत गरि बिभागले राख्ने छ । प्राप्त व्यक्तिगत
प्रफाईलको आधारमा जो व्यक्ति क्यानडा आएर आर्थीक रुपले
सफल हुने ठहर्छ र जसले क्यानडाबाट कामको अफर पाउँछ
वा प्रोभिन्सियल तथा टेरिटोरिजबाट स्विकृति पाउँछ, त्यहि निवेदकलाई
स्थायी बसोबासको लागी निवेदन दिन अनुरोध
आउनेछ ।
यदि निवेदकले कुनै क्यानेडियन रोजगारदाताबाट वा प्रभिन्सियल तथा टेरिटोरिजबाट
स्विकृति लिन नसकेमा क्यानडा सरकारले निर्माण गरेको “जब ब्याङ्क”
मा आफ्नो व्यक्तिगत विवरण दर्ता गर्नु पर्दछ । यो जब ब्याङक मार्फत
निबेदकहरुको प्रफाईल वा विवरण क्यानेडियन रोजगारदाताहरुले हेर्न
पाउनेछन भने निवेदकहरुले रोजगारहरुदाताबाट जब अफर पाउन सक्छन ।
आवस्यकता ठानेमा यो प्रकृयामा ईम्पोल्यमेन्ट तथा सोसल डेभेलपमेन्ट
क्यानडाले रोजगारदाताहरुलाई एक्सप्रेस ईन्ट्री अन्तरगत
स्थाई बसोबास अनुमतिका लागि लेबर मार्केट ईमप्याक्ट एसेसमेन्ट गर्न लगाउने
छ भने निवेदकले यस बापत कुनै शुल्क तिर्न पर्ने छैन । र पनि निवेदकले
आवासिय अनुमतिका लागि निमन्त्रणा पाउने सुनिश्चितता भने हुदैन ।
दोश्रो, नागरिकता तथा अध्यागमन क्यानडाले निवेदन दिएको ६ महिना भित्र
बिधुतिय माध्यमबाट प्राप्त सबै निवेदनहरु मध्येबाट सबै भन्दा योग्य
ठहरिएका निवेदकहरुलाई सोझै स्थाई बसोबास
अनुमतिका लागी निवेदन दिन अनुरोध पनि गर्न सक्नेछ ।
क्यानडियन रोजगारदाताबाट कामको अफर अथवा प्रान्तिय तथा टेरिटोरिजबाट
अनुमति पाएका व्यक्तिहरुले धेरै अंक पाउने छन् भने योग्य ठहरिने छन ।
क्यानडा अध्यागमनले अनुरोध गरेको ६० दिन भित्रको समय सिमामा निम्न मध्ये
एक क्याटेगोरिमा निवेदन दिईसक्नु पर्नेछ । यि क्याटेगोरिहरु यस प्रकार छन ।
१) फेडेरल स्किल्ड वर्कर, २) फेडेरल स्किल्ड ट्रेड प्रोग्राम, ३) क्यानेडियन
एक्सपिरियन्स क्लास, र ४) प्रोभिन्सियल नोमिनि प्रोग्राम । प्रकृया पुराएर
निवेदन दिएको ६ महिना भित्र सम्पुर्ण काम सकिने छ । निवेदन दिएको १ बर्ष
भित्र कुनै पनि जानकारि पाईएन भने पुनः आफ्नो निवेदन दिन सकिने छ ।

आवेदन सँख्या कति? योग्यता पुग्दछ त ?

वास्तवमा यो एक्सप्रेस ईन्ट्री मार्फत निवेदन दिदा निवेदन
सँख्याको सिमा हुने छैन । यसै गरि यो पद्धति अन्तरगत निवेदन दिन कुन
बिषयमा स्नातक वा स्नातोकत्तर गरेको छ भन्ने कुराको भुमिका रहने छैन । सबै
बिधामा स्नातक वा स्नातोकत्तर गरेका मान्छे शैक्षिक रुपमा योग्य ठहरिने छन ।
तर शैक्षिक योग्यता हुदैमा निवेदन स्वीकृत हुन्छ भन्ने
हुदैन । सबै कुरा रोजगारदाताले गर्ने निवेदनको मुल्याङकन र निर्णयमा भर
पर्ने छ । नेपाल जस्तो शिक्षित युवा बेरोजगार भएको र ३०औं लाख युवाहरु
श्रम बेच्न बिभिन्न मुलुकमा पुगेको अवस्थामा यो प्रति चासो हुनु जायज नै
हो । श्रम बेच्न बिभिन्न देशहरुमा पुग्नु परेको वर्तमान
अवस्थामा क्यानडा जस्तो देशमा श्रम बजारमा श्रम बेच्न किन नआउने त ?
हो, क्यानडालाई लाखौ श्रमिकहरुको आवस्यकता छ । के श्रमबजारको माग
सम्बोधन गर्न नेपली निवेदकहरु सफल हुन्छन त ?
हामी सँग भएको ज्ञान, सिप, शिक्षा र योग्यताका आधारमा र
डिग्रीको सर्टिफिकेटले माथि उल्लेख गरे जस्तै सजिलै निवेदन
दिएकै भरमा क्यानडमा आप्रवासी भिषा पाईन्छ त ? क्यानेडियन
रोजगारदाताले हामी सँग भएको सिप, दक्षता र अनुभवलाई
मान्यता दिन्छन त ? यि सबै प्रश्नहरुको उत्तर क्यानेडियन रोजगारदाताले
छनोट गर्ने निवेदनमा भर पर्ने छ किनकि रोजगारदाताले यो प्रकृयाको मुख्य
भुमिका निर्बाह गरेको हुन्छ । यदि निवेदक सँग रोजगारदातालाई चाहिने सिप,
ज्ञान, अनुभव र भाषाको दखलता छ भने उसले कामको अनुमति पाउँछ । माथि नै
उल्लेख गरे अनुरुप पहिलो खुड्किलो भनेको एक्सप्रेस
ईन्ट्री पुलमा सूचिकृति हुनु नै
हो जसका लागी सबै योग्यता आवस्यकता छ ।
यस प्रकृयाले के देखाउछ भने निवेदकहरुले विश्वभरका योग्य निवेदकहरु
सँग प्रतिस्प्रधा गर्न पर्ने छ भने रोजगारदाताको नजर र
मुल्याङकनमा खरो उत्रन्छ, त्यो व्यक्तिले पिआर निवेदन दिने अवसर पाउनेछ ।
यदि आफैले रोजगारदाता खोजेर निवेदन गरे पनि लेबर मार्केट ईमप्याक्ट
एसेसमेन्टले प्रभाव पार्न सक्ने देखिन्छ । तसर्थ यसका बारेमा प्रचार प्रसार
गरिइ जस्तै र बिज्ञापनहरुमा भनिए जस्तै
क्यानडाका लागी आप्रवासी स्थायी अनुमति पाउनु
सजिलो देखिदैन ।

No comments:

Post a Comment