टोकियो ।
पछिल्लो समयमा जापानमा भिषामा कडाइ गरिने
हल्ला चलिरहेका बेला जापानले भने
विदेशी कामदारको संख्या बढाउने
नयाँ नीति ल्याएको छ । यो संगै अब
नेपाली कामदारलाई पनि जापान प्रवेशमा सहज हुने
भएको छ ।
नेपालबाट कामदार लैजानका लागि नेपाल ह्युमन
डेभलपमेन्ट कम्पनीलाई जापान
सरकारको मातहतमा रहेको जापान अन्तर्राष्ट्रिय
प्रशिक्षण समन्वय संस्था ‘जिटको’ बाट आधिकारिक
एजेन्ट नियुक्त गरिएको छ ।
कम्पनीका तर्फबाट
अनोज शाक्यलाई जिटकोले ६
महिना लामो तालिमसंगै
प्रशिक्षर्थी कामदार छनौट अनुमतिपत्र
प्रदान गरिएको छ ।
जिटको जापान सरकारका ५
वटा मन्त्रालय र अध्यागमन कार्यलय
मातहतको संस्था हो ।
कामदारहरुलाई
तालिम दिएसँगै नेपालबाट औधौगिक
प्रशिक्षार्थी कामदारका लागि आवश्यक नियम,
कानुन
तथा कम्पनीको बारेमा जानकारीसहितको आधारभूत
विषयको प्रशिक्षण पनि शाक्यले दिनेछन् ।
नेपालसँगै चीन, फिलिपिन्स, कम्बोडिया र
जापाका करिब ३० जनाले उक्त अनुमति पाएका छन् ।
शाक्य नेपालबाट प्रमाणपत्र पाउने पहिलो आधिकारिक प्रशिक्षार्थी हुन् ।\
Wednesday, 18 February 2015
अब नेपाली सजिलै जापान जान सक्न।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment