Tuesday, 10 February 2015

कतार र कुवेतमा ईपिएस प्रणाली लागू

काठमाडौं, २६ माघ । सरकारले वैदेशिक रोजगारीलाई
व्यवस्थित बनाउन कतार र कुवेतमा ईपिएस
प्रणाली लागू गर्ने तयारी थालेको छ ।
वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरु
स्वदेशी तथा विदेशी दलालको ठगिको सिकार हुदै
आएका कामदारको जिउ र धनको सुरक्षालाई मध्यनजर
गर्दै प्रभावकारी नीति ल्याउन लागेको वैदेशिक
रोजागर विभागले जनाएको छ ।
वैदेशिक रोजगार विभागका अनुसार आगामी साउन
महिनादेखी कतार र कुवेतमा ईपिएस प्रणाली लागु गर्ने
तयारी भइरहेको छ । यद्यपी अहिले म्यानपावर
व्यवसायीसँग छलफल भइरहेको छ । म्यानपावर
व्यवसायीहरुले कतार र कुवेतमा ईपिएस प्रणाली लागू
गर्न अवरोध नगरे साउन महिनादेखी लागु गरिने छ ।
यसअघि नेपालवाट दक्षिण कोरियाबाहेक अन्य
मुलुकमा दलार्लमार्फत नेपाली कामदार जाने
गरेका कारण कामदारको विचल्ली हुने गरेको छ ।
दक्षिण कोरियामा कामदारहरु इपिएसमार्फत जाने
भएकाले ठगि नभएको भन्दै आगामी साउन
महिनादेखी कतार र कुवेतमा ईपिएस प्रणाली लागु गर्ने
निर्णय गरिएको श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले
जानकारी दिनुभयो ।
विभागका अनुसार ति देशमा सरकारी तहमार्फत
कामदारको माग ल्याई मुलुकमा सञ्चालित
म्यानपावर कम्पनीविच स्वस्थ्य प्रतिस्पर्धा गराई
टेन्डरमर्फत न्यून लागतमा कामदार पठाइने छ ।
त्यसैगरि वैदेशिक रोजगारीका सिलसिलमा मृत्यु
भएका कामदारलाई भुक्तानी गरिदै
आएको बिमा रकममा नेपाल सरकारले ५ प्रतिशत कर
अषुल्दै आएकोमा आगामी साउन महिनादेखी उक्त कर
पनि मिनाहा गरिने प्रावधान लागु हुने भएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित सामग्री
पारिश्रमिक
नपाएका नेपाली युवा साउदी अरबबाट घर
फर्किदै
वैदेशिक रोजगारमा जानेमा सुनसरी देशकै
आठौँ नम्बरमा
मलेसियामा एक नेपालीको मृत्यु
खाडी र मलेसियामा तीन नेपालीको शव अलपत्र
साउदीको जेलबाट नेपाली युवाको चित्कार
कस्ले सुनिदेला ?
ऋण तिर्ने सपना बोकेर लेवनान
गएकी मन्दरा यातनासँगै कैद भोगेर फर्किइन्
अब नेपाली कामदार लैजान्छौं :
इजरायली मन्त्री

No comments:

Post a Comment