Saturday, 14 February 2015

सुधारिँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल।

काठमाडौं, फाल्गुन २ । कमजोर भौतिक
पूर्वाधारका साथै राष्ट्रिय
तथा अन्तर्राष्ट्रिय यात्रुहरुप्रति गरिने
व्यवहारका कारण निकै
गुनासो खेपिरहेको त्रिभुवन अन्तर्राष्ट्रिय
विमानस्थल सुधारका कार्यहरु अघि बढाइएको छ

विमानस्थलको क्षमता बृद्धिका लागि भौतिक
निर्माणको काम थालिएको छ भने अध्यागमन,
प्रस्थान, आगमनलगायतका इकाइहरुलाई
पनि आधुनिकीकरण गरी अन्तर्राष्ट्रिय
मापदन्डमा पुर्याउने प्रयत्न गरिएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलले शुक्रबार पत्रकार
सम्मेलन गरी विमानस्थल
सुधारमा भइरहेका कामहरुबारे
जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा विमानस्थलमा विभिन्न
भौतिक, नयाँ राडार जडानलगायतका काम
अघि बढाइको जानकारी दिइयो ।
विमानस्थलका कायममुकायम महाप्रबन्धक
वीरेन्द्रप्रसाद श्रेष्ठले आगामी ३ देखि ८
महिना भित्रमा यात्रुले
विमानस्थलमा सुधारको अनुभुति गर्ने दाबी गरे ।
विमानस्थलमा सुधारका कार्यहरु
अघि बढिरहेको भएपनि वर्तमान स्थितिमा सन्
२०२१ पछि यो विमानस्थलले यात्रुको चाप धान्न
नसक्ने पनि उनले बताए ।
उनले गौतमबुद्ध क्षेत्रीय विमानस्थल र
पोखरा क्षेत्रीय विमानस्थल यथाशक्य
छिटो सन्चालनमा ल्याउनु
जरुरी भएको पनि बताए ।

No comments:

Post a Comment