Friday, 13 February 2015

फेसबुक प्रयोगकर्तालाई भ्यालेन्टाइनमा खुसीको खबर

एजेन्सी ।भ्यालेन्टाईन डे मा प्रेम कल
गर्नेहरुलाई मद्दत गर्नेका लागि एक
स्मार्ट एप आएको छ ।
वाट्सएपले भ्वाइस फ्रि कलिङको घोषणा गरेपछि फेसबुकले
पनि फ्रि कलिङको घोषणा गरेको हो ।
केही अन्य एप्लिकेशन छन् जसलाई सिधैं डाउनलोड गरेर
फ्रिकलसहित अनलिमिटेड म्यासेज र भिडियो च्याटिङ
गर्न सकिन्छ । यसमा मात्र इन्टरनेट डाटा प्याकको मात्रै
खर्च लाग्नेछ ।
यस्तै फेसबुक म्यासेन्जरका माध्यमबाट फ्रिकल गर्न
सकिनेछ । तर, उक्त
व्यक्ति तपाईको फेसबुकमा साथी भएको हुनुपर्नेछ ।
भिओआईपी प्रविधिको प्रयोगबाट फ्रि भ्वाईस कलिङ
एप्लिकेशनमा भ्वाईस ओभर इन्टरनेट प्रोटोकल
(भिओआइपी ) को प्रयोग हुन्छ ।
यसमा स्काईपीजस्तै भिडियो कलिङ र च्याटिङ हुन्छ ।
फेसबुकबाट भने केवल भ्वाईस कलिङ गर्न सकिन्छ ।
यी एपबाट गर्नुहोस् फ्रिकल
भाइबरः भाइबर एपले फ्रि भ्वाईस
कलिङको सुविधा दिएको छ । यो एपले आइओएस र
एण्डोइड प्लेटफर्ममा काम गर्छ । फ्रि कलिङ , म्यासेज,
फोटो , भिडियो र स्थानसमेत शेयर गर्न सकिन्छ ।
यसमा अहिले भ्यालेन्टाईन स्टीकर्सको समेत
सुविधा दिएको छ ।
बीच्याटः केही भाषामा मात्रै पाईने यो एपबाट
पनि कल गर्न सकिन्छ । यसमा भिडियो कलिङ , ग्रुप
च्याट गर्न सकिन्छ । विभिन्न फिरहरुको माध्यमबाट
तपाई आफ्नो आसपासका मानिसहरुसँग समेत जोडिन
सक्नुहुन्छ ।
गुगल ह्याङआउटः योङस्टारहरुले भ्वाईस टक गर्ने एप गुगल
ह्याङआउट हो । यसबाट साधारण म्यासेज समेत गर्न
सकिन्छ । तर, यो भ्वाईस टकको मजा लिन उपयुक्त हुन्छ ।
यसबाट तपाई सजिलै ग्रुप भ्वाईस टकपनि गर्न सक्नुहुन्छ ।
लाईनः यस एपबाट साथीलाई जहिले जहाँ पनि म्यासेज
गर्न सक्नुहुनेछ । यो एपले भ्वाईस र भिडियो कल फिचर
पनि दिन्छ । यसबाट ग्रुप च्याट पनि गर्न सकिन्छ भने १०
हजार स्टिकर्स दिएको छ ।
बक्सफोनः यसमा फ्रिकल वा म्यासेजको सुविधा छ ।
यसमा तपाई अन्तराष्ट्रिय कल र म्यासेज गर्न सक्नुहुन्छ ।
बक्सफोनबाट तपाई कम्प्युटर
या स्मार्टफोनमा फ्रि च्याछ गर्न सकिन्छ ।
निम्बुजः फ्रि अनलिमिटेड कल र
म्यासेजको मजा लिनका लागि निम्बुज म्यासेन्जर हो ।
यसबाट तपाई सस्तो इन्टरनेट कल गर्न सक्नुहुन्छ । एन्ड्रोइड ,
आइफोन र ब्ल्याकबेरीमा यो एपले काम गर्छ ।

No comments:

Post a Comment