Friday, 13 February 2015

जहाँ कैदीलाई मारेर मासु खाईन्छ ..!

संसारमा केही यस्ता जेलहरू पनि छन,
जहाँ कैदिहरूको जीवन नै खतरामा हुन्छ । यस्तै एक जेल
हो गीतारामा सेन्ट्रल जेल, जुन अफ्रिकी देश
रूवाण्डामा रहेको छ । यो जेल संसारकै
सबैभन्दा खतरनाक जेलहरूमा पर्दछ |
अचम्मको कुरा त यस
जेलमा सुरक्षाकर्मिहरूद्वारा कैदिहरूलाइ पिट्ने
गरिन्न, त्यहाँ त त्यहाँका कैदीहरूनै एक अर्कालाइ
कुटपिट गर्दछन, र यो पनि भनिन्न
कि त्यहाँका कैदीहरू अन्य कैदीहरूलाइ मारेर
उनीहरूको मासु खाने गर्दछन ।यस
जेलमा कैदिहरूको क्षमता ६०० छ, तर यसमा ७ हजार
भन्दा धेरै कैदीहरू राखिन्छ ।
यस जेलमा कैदिहरू बस्नका लागी यति कम ठाउँ
रहेको छ जसले उनीहरूलाइ रात–दिन उठेरनै समय कटाउनु
पर्ने हुन्छ । धेरैजसो कैदी फोहोर र
चिसो ठाउँमा उभिने गर्दछन । जसका कारण उनीहरू
खतरनाक रोगहरूको शिकार हुने गर्दछन । यस जेलमा हरेक
दिन करिब ८ जना मानिसहरूको मृत्यु फरक फरक
रोगहरूका कारण हुने गर्दछ ।
बिभिन्न मानवाधिकार संगठनहरूले यस
कुराको विरोध गर्दछन, तर विरोध
जति भएपनि त्यहाँका कैदीहरूको जीवन स्तरमा कुनै
सुधार भएको छैन ।

No comments:

Post a Comment