Wednesday, 11 February 2015

दुई मोटरबोट भू–मध्य सागरमा डुब्यो, २ सय बढीको मृत्य

काठमाडौं, माघ २८ । लिवियाबाट युरोपका लागि हिँडेको दुईओटा ‘मोटरबोट’
भू–मध्य सागरमा डुब्दा दुई
सयभन्दा बढी यात्रुको मृत्यु भएको छ ।
९ जनालाई भने जीवितै उद्धार गरेको संयुक्त
राष्ट्रसंघीय
शरणार्थी एजेन्सीले जनाएको छ ।
ती मोटरबोट लिबियाबाट हिँडेको पनि उक्त संस्थाले
जनाएको छ । पछिल्लो समय अफ्रिकी मुलुकहरुबाट
शरणार्थीका रुपमा
युरोप जानेक्रम बढेको छ ।
सन् २०१४ मा मात्र भू–मध्य सागर भएर युरोप जान लागेका ३५ सय
व्यक्तिको डुंगा दुर्घटनामा मृत्यु भैसकेको थियो भने २ लाख
मानिसको उद्धार गरिएको थियो । यो समुद्री मार्ग
अत्यन्त खतरनाक मानिन्छ । (एजेन्सी)

No comments:

Post a Comment