नेपालगञ्ज–नेपालगञ्ज उपमहानगरपालिका–१२
शान्तिनगरमा डेरा गरी बस्ने इन्जिनियरिङका एक
विद्यार्थी मृत अवस्थामा फेला परेका छन्। स्थानीय
शेरबहादुर कार्कीको घरमा डेरा गरी बस्दै आएका बराह–
७ दैलेख निवासी अन्दाजी २१ वर्षीय विजय हमाल
मंगलबार दिउँसो मृत फेला परेका हुन्। उनी नेपालगञ्ज
टेक्निकल कलेजमा सिभिल इन्जिनियरिङ
विषयका विद्यार्थी हुन्।
हमाल आफ्नै कोठा भित्र ओछ्यानमा मृत
भेटिएको वडा प्रहरी कार्यालय नेपालगञ्जका इन्चार्ज,
प्रहरी निरीक्षक हेम शाहीले जानकारी दिए।
प्रहरी निरीक्षक शाहीका अनुसार
मृतकको ओछ्यानमा विभिन्न लागू औषध फेला परेका छन् ।
'मृत व्यक्ति पल्टिएको बिस्तारामा ब्राउन सुगर,
कोरेक्स र सुलेसन भेटिएको छ,' उनले भने 'अहिले नै
मृत्युको कारण यकिन गर्न सकिदैन।'
घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय बाँकेले
अनुसन्धान सुरु गरेको शाहीले बताए।
प्रहरीका अनुसार अध्ययनका लागि हमालसहित दुई
विद्यार्थी डेरा गरी बस्दै आएका थिए। मंगलबार
बिहान मात्र उनका साथी घर गएका थिए। 'रुम पार्टनर
घर गरेको बेला हमालको मृत्यु भएको देखियो,'
वडा प्रहरी इन्चार्ज शाहीले भने
'मृतकको ओछ्यानमा लागू औषध फेला परेकाले लागू औषध
सेवनको मात्रा बढी भएर पनि मृत्यु भएको हुन सक्छ।'
मृतकको शवलाई पोष्ट मार्टमका लागि भेरी अञ्चल
अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।
Tuesday, 10 February 2015
इन्जिनियरिङका विद्यार्थी मृत भेटिए
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment