खाडी मुलुक बाट शव
आउनेमा नवलपरासी तेस्रो जिल्ला रहेको छ । बैदेसिक
रोजगारलाई सुरक्षित
बनाउनका लागि थालिएको सामी परियोजनाले
यस्तो जनाएको हो । मासिक दुई देखि तीन शव
जिल्ला भित्रने गरेको छ । बैदेसिक रोजगारमा जानेहरु जिल्लमा १६ औं
स्थानमा रहेको यो जिल्ला शव आउनेमा भने तेस्रो जिल्ला बनेको हो ।
अदक्ष जनशक्ति बैदेसिक रोजगारमा जाने र काम गर्ने क्रममा ज्यान जाने
हुदा शवको संख्यामा बृद्धि भएको बताइन्छ । कतारमा मृत्यु
भएका नवलपरासी ८ रजहरका अर्जुन गौतम ,
कोल्हुवा ३ का पूर्णबहादुर विकको शव समेत आजै नेपाल आउदै
गरेको सुरक्षित आप्रवासन तथा परामर्श केन्द्र
कावासोतीले जनाएको छ । नौ महिनाको अबधिमा मृत्यु
भएकाहरुको शव मात्रै झण्डै २५
को हाराहारीमा जिल्ला भित्रिएको छ ।
परियोजनाको पहलमा मात्रै १५ वटा आएको केन्द्रका संयोजक रितुराम
थापाले जानकारी दिनु भयो । यो संख्याले
समाजको युवा शक्तिको पलायन र यसले समाजमा पारेको प्रभावलाई
नियाल्न आबश्यक भएको मध्यबिन्दु
बहुमुखी क्याम्पसका सहायक प्रध्यापक मुक्तिराम
ढकालले बताउनु भयो ।
Wednesday, 11 February 2015
खाडीबाट शव आउनेमा नवलपरासी तेस्रो
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment