Wednesday, 11 February 2015

स्विट्जरल्याण्डमा अर्बौं कालो धन लुकाउने आठमध्ये एक सुमार्गी

काठमाण्डु, २८ माघ–
स्विजरल्यान्डको एचएसबीसी बैंकमा ८
नेपालीको ५
अर्ब ४० करोड रुपैयाँ (५४ मिलियन अमेरिकी डलर)
कालोधन लुकाएर
राखिएको खुलासा भएपछि ती को–को होलान्
भन्ने चासो धेरैले राख्ने गरेका छन् ।
एक संस्थाले उपलब्ध
गराएको सूचनाका आधारमा अन्तर्राष्ट्रिय सञ्चार
माध्यमले केही दिनअघि सो समाचार बाहिर
ल्याएका थिए । समाचारमा कालोधन लुकाउने
नेपालीको नाम खुलाइएको छैन ।
सम्पत्ति शुद्धीकरण विभागले
ती व्यक्तिको खोजी पनि सुरु गरिसकेको छ ।
स्रोतका अनुसार कर छलीबाट आर्जन गरेको अकुत
सम्पत्ति लुकाउने मध्येका एक विवादास्द
व्यापारी अजयराज सुमार्गी हुन् ।
लुकाइएको ५ अर्बमध्ये सुमार्गीको मात्र तीन
अर्बभन्दा बढी रकम रहेको दाबी श्रोतको छ ।
यसअघि सुमार्गीको श्रोत नखुलेको करिब तीन
अर्ब
रूपैयाँ नबिल बैंक र नेपाल इन्भेष्टमेन्ट
बैंकमा फेला परेको थियो ।
जोदा इन्भेष्टमेन्ट नामको स्याट्लाइट कम्पनीमार्फत
विभिन्न देशबाट आएको उक्त रकम रोक्का गर्न नेपाल
बैंकले ती दुवै बैंकलाई पत्राचार गरेको थियो ।
नेपालमा दर्ता नै
नभएको कम्पनीका नाममा आएको उक्त रकम
आएको खुलासा राष्ट्रबैंकले गरेको थियो ।
बैंकले सो रकमको श्रोत खुलाउन भनेको छ । सुमार्गीले
अझै त्यसको श्रोत खुलाउन सकेका छैनन् । सुमार्गीले
विदेशी लगानी भित्र्याउने
बहानामा कालो धनलाई सेतो बनाउने
उद्देश्यका साथ सो रकम नेपाल
ल्याएको खुलासा यसअघि नै भएको हो ।
रकम वैधानिक बनाउन उनी अहिले
पनि प्रधानमन्त्री सुशील कोइराला,
अर्थमन्त्री रामशरण महत र
उद्योगमन्त्री महेश
बस्नेतको दलाली गर्दै आएका छन् ।
तर उनीहरुबाट काम नहुने
देखिएपछि सुमार्गी रकम
माया मार्ने मनस्थितिमा पुगेका छन् ।

No comments:

Post a Comment