काभ्रे , २७ माघ - डाँडापारिस्थित गोकुले
गाविसमा रहेको स्वास्थ्य चौकीका इन्चार्जले
श्रीमतीको नाममा किर्ते हाजिरी गरी तलब बुझ्दै
आएको पाइएको छ ।
स्वास्थ्य चौकीका इन्चार्ज
कृष्णहरि श्रेष्ठकी श्रीमती ललिता सोही कार्यालयमा अनमी छिन्
।
एक वर्षदेखि श्रीमतीको हाजिरी श्रेष्ठ आफैंले गरेर तलब
बुझ्दै आएको स्वास्थ्य चौकी व्यवस्थापन
समिति अध्यक्ष लालबहादुर घिसिङले बताए ।
‘हालसम्म जिल्ला जनस्वास्थ्य कार्यालय धुलिखेलबाट
निःशुल्क रुपमा प्राप्त भएको औषधि आफूखुसी प्रयोग
गर्ने , समितिलाई कुनै जानकारी नगराउने, आर्थिक
पारदर्शिता नदेखाउने काम भइरहेका छन् ,’ घिसिङले भने ।
उनका अनुसार श्रेष्ठ अधिकांश समय गाविस भवन
अगाडि रहेको आफ्नो निजी क्लिनिकमा बस्ने गरेका छन्
।
अनमी ललिता एक वर्षदेखि स्वास्थ्य चौकीमा देखासमेत
परेकी छैनन् । तर, उनको नाममा हाजिर गरेको देखिन्छ ।
स्थानीयले श्रेष्ठ दम्पतीविरुद्ध जनस्वास्थ्य
कार्यालयमा उजुरी हाल्ने तयारी गरेको व्यवस्थापन
समितिका एक सदस्यले बताएका छन् ।
नयाँ पत्रिकाबाट
Tuesday, 10 February 2015
श्रीमान् हाजिर गरिदिने, श्रीमती तलब बुझ्न।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment