म्याग्दी , माघ २६ - नाबालक छोराछोरी छोडेर
बाबुआमा भागेपछि दुई दाजुबहिनी अलपत्र परेका छन् ।
श्रीमतीले अर्को बिहे
गरी छाडेपछि विरक्तिएका गोरखा मनकामना घर भई
बेनीमा ज्यालामजदुरी गर्दै आएका कृष्णबहादुर गुरुङले
पनि छाडेपछि बालबालिका बेसहारा बनेका हुन् । ५
वर्षका सन्दीप र ३ वर्षकी आशिकालाई
डेरामा बेवारिसे छाडेर गुरुङ पुस २० गते हिँडेका थिए ।
घर निर्माणमा मजदुरी गर्ने गुरुङ दम्पती बेनी ४
बगरफाँटमा डेरा गरी बस्दै आएका थिए । श्रीमतीले
छाडेपछि विरक्तिएका गुरुङले समेत छोराछोरी छोडेर
हिँड्दा स्थानीय हीराबहादुर थापाले १८ दिन
पालेका थिए । बाबुआमा सम्पर्कमा नआएपछि थापाले
बेवारिसे बालबालिकालाई जिल्ला बालकल्याण
समितिको जिम्मा लगाएका थिए । 'फरार गुरुङलाई
साथीहरूमार्फत टेलिफोन सम्पर्क गर्दा म हिँडे,
ती छोराछोरीलाई तपाइर्ंहरूले पालिदिनु भन्दै फोन
राखे,' थापाले भने, 'आमाबाबु
दुवैको खोजी गर्दा फेला नपरेपछि बालकल्याण
समिति पठाएका हौं ।' थापा ज्यामरुककोट बाल
संरक्षण समितिका संयोजक हुन् ।
बेवारिसे बालबालिकालाई समितिले
अर्को व्यवस्था नभएसम्म स्थानीय साथी संस्थाले
हिंसापीडित महिला तथा बालबालिका पुनर्वास
केन्द्रमा राखेको छ । अलपत्र
बालबालिकाको मावली घर जिल्लाकै
बरन्जा भएको अपुष्ट जानकारी घरधनीलाई भए
पनि उनीहरूको पूरा नाम, ठेगाना पत्ता लागेको छैन ।
'अलपत्र दाजुबहिनी हाम्रो संरक्षणमा छन् । उनीहरूलाई
कसरी र कहाँ पुनःस्थापना गर्ने विषयमा छलफल
भइरहेको छ,' साथीकी कोषाध्यक्ष अमृता भण्डारीले
भनिन् ।
Monday, 9 February 2015
आमाबाबु भागेपछि नाबालक अलपतत्र।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment