फोटो :आजतक ( अमेरिकाबाट
आइपुगेकी डोमा सलमानको आलिंगनमा)
अमेरिकन युवती भारतकी बुहारी बन्दै
काठमाडाैं : भनिन्छ , साँचो प्रेमलार्इ जात , धर्म , देश र
भूगोलले छेक्न सक्दैन । मनैबाट साँचो प्रेम गर्ने हो भने प्रेमिल
जोडीलार्इ मिलाउन दुनियाँ नै एक भएर लाग्ने बताइन्छ ।
चोखो प्रेम भए सात समुद्रपारीको मायालुसँग पनि भेट
हुनसक्ने प्रमाणित गरेका छन् , एक प्रेमिल जोडीले ।
भ्यालेन्टाइन डे को पूर्वसन्ध्यामा सार्वजिनक
यो घटनाले भारतीय सञ्चारमाध्यमा खुबै
चर्चा पाएको छ । भारतको उत्तर
प्रदेशस्थित शाहजहापुरबाट
प्रेमको एउटा रोचक कहानी बाहिर
आएको हो । फेसबुकबाट शुरु
भएको मित्रता प्रेममा बद्लिएपछि अमेरकाकी युवती भारतीय
युवासँग विहे गर्ने भारत आइपुगेकी छन् ।
सलमान र उनको परिवारसँग डोमा
गरिब परिवारका भारतीय युवाको परिवार अमेरिकन
युवतीसँग साइनो गाँस्न पाउँदा खुसी भएको छ।
अमेरिकाबाट प्रेमीसँग लगनगाँठो कस्न भारत
आइपुगेकी युवतीलार्इ हेर्न केही दिनयता मानिसको ताँतै
लागेको छ ।
फेसबुकमा भेटिएको साथी सात समुद्र पार गरेर भारत
आइपुगेकी युवतीको नाम डोना ग्रोवल रहेको छ ।
उनी अमेरिकाको डेलाबेयर राज्यमा बस्ने गरेकी छन् ।
डोना र शाहजहाँपुरका सलमान अख्तरबीच सन् २०११
जुलार्इमा फेसबुकमा भेट भएको थियो । उनीहरुबीच फेसबुक
च्याटिङबाट शुरु भएको मित्रता प्रेममा परिणत
भएको हो ।
आफ्नी अमेरिकी मित्र डोनासँग कुरा गर्न सलमान कुनै
बेला साथीसँग पैसा सापटी लिएर फेसबुक चलाउने
तथा फोन गर्थे ।
दुबैजनाको मित्रता विस्तारी प्रेममा बद्लिएको हो ।
फेसबुक च्याटमै नजिकिँदै गएपछि डोनालार्इ सलमान
यति धेरै मन पराइन् कि एकै पटक नभेटेका सलमानसँग उनले
अमेरिकाबाटै विहे गर्ने निर्णय लिइन् ।
सलमानसँग विहे गर्ने योजना बुनेर डोना अमेरिकाबाट
सिधै भारत आइन् । उनी सलमानसँग विहे गर्नु पहिले सलमान
र उनको परिवारसँग राम्ररी घुलमिल हुन चाहान्छिन् ।
उनले एक आपसमा राम्ररी घुलमिल र समझदारी कायम
गरेपछि सलमानसँग विहे गर्ने भएकी छन् ।
Friday, 13 February 2015
फेसबुकमा बसेको मायाले यस्तोसम्म गर्यो
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment