Tuesday, 10 February 2015

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यको थालनी फागुनदेखि

पोखरा : मुख्य सचिव लीलामणि पौड्यालले
पोखरामा बन्न लागेको अन्तर्राष्ट्रिय
विमानस्थलको निर्माण कार्यको शिलान्यास फागुन
महिनाको तेस्रो सातामा हुने जानकारी दिएका छन्।
पोखरा उद्योग वाणिज्य सङ्घको हीरक जयन्ती एवम्
स्मारिका विमोचन समारोहलाई सम्बोधन गर्दै पौडेलले
शिलान्यास भइसकेपछि विमानस्थलको लागि थप
अधिग्रहण गर्न
लागिएको जग्गाको मुआब्जा वितरणको विवाद
भएपनि काम अगाडि बढाउँदै लैजाने जानकारी दिए।
सिन्डिकेट प्रणालीले अर्थतन्त्रलाई थला पार्ने
चेतावनी दिँदै उनले यस प्रणालीले गुण्डा पाल्ने, घुस
खुवाउने र अकुत सम्पत्ति कमाउने प्रवृत्तिलाई मात्रै
फाइदा पु¥याउने धारणा राखे।
धेरै विकसित मुलुकहरु मुख्य मुख्य आयोजनाहरूलाई
प्राथमिकतामा राखेर
अघि बढ्दा आजको अवस्थामा पुगेको उदाहरण दिँदै उनले
स्थानीयवासी बढी लाभान्वित हुने आयोजना छनौट
गरेर बजेट लगानी गर्न आग्रह गरे। रासस

No comments:

Post a Comment