Tuesday, 10 February 2015

अनुसन्धानका केही रोचक निष्कर्ष

काठमाडौ, माघ २७ - तराईमा हलखोर, डोम, तक्मा र
चमार जातिका थुप्रै सहरिया दलितको घर
पक्की भेटियो, जबकि अन्य समुदायको घर सामान्य
खालको छ।
चर्पी औधी थोरै बनेका छन्। तर,
चर्पी भएका घरका बासिन्दा खुला चौरमै
दिसापिसाब गर्ने गर्छन्, परम्परागत चलनका कारण।
तराईमा एकातिर जनसंख्या घटाउने चिन्ता छ,
अर्कातिर बढाउने चिन्ता। जस्तो कि, राउटे,
कुसुन्डाजस्ता जाति लोप हुँदै छन्।
आफूलाई हिन्दु होइनौं भनी दाबी गर्नेहरूले हिन्दु
वर्णव्यवस्थामा आधारित जातप्रथा भने अझै कायम
राखेको पाइयो। तर, चमारले दुहेको दूध भने अरू जातले
चलाउन थालेका छन्।
राज्यले पिछडिएका जाति, क्षेत्रलाई
मूलधारमा ल्याउने प्रतिबद्धता व्यक्त गरेको गर्यै छ। तर,
व्यवहारमा शून्य दशमलव १ प्रतिशत पनि पूरा हुन
सकेको छैन।

No comments:

Post a Comment