Thursday, 19 February 2015

मृगलाई ताकेको बन्दुकले साथीको मृत्य

बागलुङमा मृगलाई ताकेको निशाना मान्छेलाई
लाग्दा एकजनाको मृत्यु भएको छ ।बागलुङको काँडेबास–७
का ३१ वर्षीय लक्ष्मण पुनको मृगलाई हानेको बन्दुकको गोलीले
लागेर मृत्यु भएको छ ।
रातको समयमा सिकार खेल्न उनीसँगै जंगल गएका ३० वर्षीय
मनबहादुर गलामीले मृग भनी भरुवा बन्दुकले
हानेको गोली लागेर घाइते
भएका पुनको उपचारका लागि अस्पताल पुर्याउदै गर्दा मृत्यु
भएको हो ।
झाडीमा लुकेर बसेका पुनलाई रातो मृगजस्तो देखेर गलामीले
गोली प्रहार गरेको बयान दिएको बागलुंग प्रहरीले
जानकारी दिएको छ । गलामीलाई भरुवा बन्दुकसहित पक्राउ
गरेर अनुसन्धान थालेको पनि जिल्ला प्रहरी कार्यालयले
जनाएको छ ।

No comments:

Post a Comment