Tuesday, 10 February 2015

मोबाइल महोत्सवमा ५० प्रतिशतसम्म छुट

काठमाडौं– न्युरोडस्थित ताम्राकार कम्प्लेक्सले
स्थापनाको सातौं वार्षिक उत्सवको अवसर पारेर
आयोजना गरेको सामसङ मोबाइल महोत्सव २०१५ मा ५०
प्रतिशतसम्म छुट दिने जनाएको छ।
आगामी फागुन १ गतेदेखि ७ गतेसम्म विभिन्न
कार्यक्रमसहित आयोजना गरिने महोत्सव बारे
जानकारी दिन मंगलबार राजधानीमा पत्रकार
सम्मेलनमा ५ देखि ५० प्रतिशतसम्म छुट दिने
घोषणा गरिएको हो।
पत्रकार सम्मेलनमा सामसङ मोबाइल एन्ड
इलेक्ट्रोनिक्सका गुरुदत्त शर्माले महोत्सवको अवसर पारेर
ग्राहकहरुलाई विभिन्न मोबाइल तथा अन्य
सामानहरुको खरिदमा ५ देखि ५० प्रतिशतसम्मको छुट
दिने बताए। उनले हरेक दिन लक्की ड्र गरिने र
सो लक्की ड्रमा हरेक दिन ३० हजार
रुपैयाँ बराबरको स्मार्टफोन ग्राहकलाई उपहार दिने
तथा हरेक दिनका ग्राहकहरुको विवरण राखी बम्पर
उपहार दिइने बताए। ताम्राकार कम्प्लेक्सद्वारा बम्पर
उपहार अन्तर्गत ८० हजार रुपैंया बराबरको स्मार्टफोन
ग्राहकलाई दिइने जानकारी दिइयो।
पाको यूथ क्लबका अध्यक्ष अमृत मानन्धरले ताम्राकार
कम्प्लेक्स स्थानीय क्षेत्रको पहिचान
भएको तथा मोबाइलको मूख्य बजार
भएको हुँदा यसको वार्षिकोत्सवको अवसरमा गरिने
महोत्सव अवधिभर व्यवस्थापकीय क्षेत्रमा सहयोग
तथा सहकार्य गरिएको बताए।
कार्यक्रममा कम्प्लेक्समा टेलि टू प्रालिका अध्यक्ष
पुरुषोत्तम बस्नेतले महोत्सवको अवसरमा मोबाइल
एक्सचेन्जको व्यवस्था पनि गरिएको जानकारी दिँदै
यो महोत्सवले कम्प्लेक्सको बजार प्रवर्द्धन गर्न सहयोग
पुग्ने बताए। उनले महोत्सवको अवसरमा भ्यालेन्टाइन डे
स्पेसल गिफ्ट पनि प्रदान गरिने जानकारी दिए।
कम्प्लेक्सका धनी उदयरत्न ताम्राकारले पहिलो मोबाइल
कम्प्लेक्सले मोबाइल बजारको अवधारणालाई नै
नयाँ स्वरुप दिएको जानकारी दिँदै
आगामी दिनमा मोबाइल बजारको विकास
तथा विस्तारमा लाग्ने बताए।

No comments:

Post a Comment