काठमाडौं , माघ २७ , चर्चित अभिनेता सन्तोष
पन्तका कान्छा छोरा प्रतिक पन्त केटाबाट
केटी बनेका छन् । उनी अहिले लगभग १९ बर्षका भएका छन् ।
झट्ट हेर्दा केटीको स्वरुपमा देखिने प्रतिक
केटीको जस्तो कृयाकलाप गर्न रुचाउँथे । तर
बिदेशमा मात्र सुनिने लिंग परिवर्तन गरेर प्रतिक
यतिबेला केटी बनेका छन् ।
पहिले केटीको जस्तो हाउभाउ मात्र गर्ने प्रतिक
विस्तारै स्त्री अंग बिकाश गर्ने हर्मोनको प्रयोग गर्न
लागेका थिए । हर्मोनको प्रयोगपछि अहिले उनी साँच्चै
केटीजस्ता देखिन थालेका छन् । उनको छाती १६ बर्षे
किशोरीको जस्तै पुष्ट देखिन थालेको छ ।
छातीको बायाँपट्टी स्तनको माथिल्लो भागमा उनले
ट्याटु खोपाएका छन् । स्त्री स्वरुप बन्नुअघि र
अहिलेका तस्वीरसमेत फेला परेका छन् ।
हेर्दा मात्र स्त्री स्वरुपमा देखिने प्रतिकको यौनाङ्ग
भने अहिलेसम्म पुरुषकै छ । तर यो स्थिति पनि अब धेरै रहने
छैन । किनभने उनी पुरुष अंगको सट्टा महिला अंग
प्रत्यारोपण गर्न अहिले वैंककतिर लागिसकेका छन् ।
पारिवारिक स्रोतका अनुसार पहिलोपटक वैंकक
जाँदा केटाको पासपोर्टमा केटी जान लागेको भन्दै
काठमाण्डौंस्थित थाई दूतावासले भिसा दिन
अस्वीकार गरेको थियो ।
दोस्रोपटकको प्रयासमा भिसा पाएर अहिले वैंकक
रहेका प्रतिकको अप्रेसन सफल भयो र नेपाल फर्किए भने
सम्भवत उनी नै पहिलो लिंग परिवर्तन गर्ने नेपाली हुनेछन् ।
विश्वमा अप्रेसनको माध्यमबाट लिंग परिवर्तन गर्ने
गरेको पाइन्छ । सन्तोष पन्तका कान्छा छोराले
पनि आफुलाई पुरुष भन्दा महिला हुनु नै उचित ठानेर
होला महंगो अप्रेशनमार्फत नै महिला बन्न लागेका छन् ।
Thursday, 12 February 2015
लिंग परिवर्तन गरेका पहिलो नेपाली युवा पुरा पढ्नुहोस
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment