(भारत)– मध्य प्रदेशको मन्दिरका एक
पूजारीले भूत भगाउने बहानामा पतिलाई घरबाट
टाढा पठाएर ३४ वर्षे महिलालाई बलात्कार
गरेका छन्। पीडितले
भोपालको निशातपुरा प्रहरी कार्यालयमा उजुरी दिएपछि पूजारी गायब
भएका छन्।
पछिल्लो ४ वर्षदेखि ती महिला स्थानीय
मन्दिरमा जाने गर्थिन्। एक
महिना पहिला मन्दिरका पूजारी सन्तोषकुमार
कौसिकले ती महिलामाथि खराब
आत्मा सवार भएको बताउँदै त्यसलाई हटाउन
विशेष पूजा गर्नुपर्ने बताएका थिए। उनले
यो विशेष पूजा आफैँ गर्ने पूजारीले
बताएका थिए।
यही पूजाका लागि पूजारी सन्तोष
ती महिलाको घर पुगे। उनका पतिलाई घर बाहिर
जान भने। प्रहरी उजुरीका अनुसार
पूजाका क्रममा महिलालाई बेहोस पारियो।
जब उनी होसमा आइन् त्यतिबेला उनी निवशस्त्र
थिइन् र यौनाङ्गमा दुखाइ भइरहेको अनुभव गरिन्।
पूजारीले महिलालाई धम्क्याए र कसैलाई
घटना बताए ज्यान मार्ने धम्की दिए।
Wednesday, 11 February 2015
भूत भगाउने बहानामा पूजारीद्वारा महिला बलात्कार
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment