Monday, 16 February 2015

अश्लील कार्यमा संलग्न भएको आरोपमा रेस्टुरेन्ट सञ्चालकसहित पाँचजना पक्राउ

महोत्तरीको जलेश्वरमा रेस्टुरेन्ट सञ्चालकसहित
पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । अश्लील
क्रियाकलाप गराउने गरेको आरोपमा प्रहरीले
आइतबार राति उनिहरुलाइ पक्राउ
गरीएको जनाएको छ ।
पक्राउ पर्नेमा रेस्टुरेन्ट सञ्चालक भारत
विहारको सुरसण्ड विरख घर भई हाल जलेश्वर–४
मा बस्दै आएका राजीवरञ्जन कुमार,
निजका पत्नी अनिता चौधरी र रेस्टुरेन्टमा काम
गर्ने तीनजना युवती रहेको जिल्ला प्रहरी कार्यालय
महोत्तरीले जानकारी दिएको छ ।
पक्राउ परेका राजीव रञ्जन र
निजका पत्नी अनिताले जलेश्वर–४ मा रेस्टुरेन्ट
सञ्चालन गरी त्यसमा केटीहरु राखेर ग्राहकसँग
अश्लील क्रियाकलाप गराई समाजमा नकारात्मक
प्रभाव पारेको आरोपमा प्रहरीको छ । नायब
उपरीक्षक लोकेन्द्र श्रेष्ठका अनुसार
जलेश्वरका घना बस्तीबीच रेस्टुरेन्ट खोली अश्लील
क्रियाकलाप गराउँदै गरेका अवस्थामा प्रहरीले
पक्राउ गरेका पाँचै जनामाथि सार्वजनिक
मुद्दा चलाउने तयारी गरेको छ ।

No comments:

Post a Comment