काठमाडौ, माघ २४ - उपचार गर्न
काठमाडौं आएकी रामेछाप
बिजुलीकोटकी सुशीला दाहाललाई छोरीहरूले
पुतलीसडकको एक निजी अस्पताल लगे । सबै
परीक्षणपछि तत्काल पाठेघर झिकेर फाल्नुपर्ने ठहर
भयो । भोलिपल्टै डाक्टर अमिला श्रेष्ठले अपरेसन गरिन्
। अपरेसनका क्रममा झिकेर पठाएको मासुको परीक्षण
(बायप्सी) ले उनको पाठेघरमा क्यान्सर देखियो ।
परामर्शका क्रममा क्यान्सरविज्ञले अपरेसनअघि नै
गरिएको रगत परीक्षण (सीए १२५) कै क्रममा क्यान्सर
ठहर्याउने रिपोर्ट आएको औंल्याए । रगतमा सीए १२५
को मात्रा सामान्यमा ३५ यू/एमएलभन्दा बढी भए
क्यान्सरको शंका गरिन्छ र थप परीक्षण गरिन्छ ।
दाहालको रगतमा सिए १२५ को मात्रा १२८७ यू/एमएल
थियो । 'रगतमा यति बढी देखिनुको मतलब शतप्रतिशत
क्यान्सर हो,' क्यान्सरविज्ञ भक्तमान श्रेष्ठले भने,
'यस्तो देखिएपछि बिरामीलाई क्यान्सर
डाक्टरकहाँ पठाउनुपर्छ ।'
आफ्नो विज्ञताभन्दा बाहिरको रोग भन्ने
थाहा हुँदाहुँदै उपचारमा तम्सिने प्रवृत्तिका कारण
बिरामीमाथि अनावश्यक खर्चको भारका साथै
उनीहरू दुःख झेल्न बाध्य हुने गरेको भक्तपुर क्यान्सर
अस्पतालका मेडिकल डाइरेक्टर प्रकाशराज न्यौपानेले
बताए । 'मेरो क्षेत्रभन्दा बाहिरको रोग हो,
अथवा मेरो बुताले भ्याउँदैन भनेपछि त सम्बद्ध
डाक्टरकहाँ जाउँ भन्दिए हुने नि,' उनले भने,
'परीक्षणमाथि परीक्षण गराएर सास्ती दिने गरिन्छ
।' क्यान्सर हो भन्ने थाहा पाएर
पनि गैरक्यान्सरविज्ञले अपरेसन गरिदिएका र
तम्सिएका थुप्रै बिरामी भक्तपुर क्यान्सर अस्पताल
आउने गरेको उनले जनाए । सबै कुरा आफंै गरिदिन खोज्ने
कतिपय डाक्टरका कारण बिरामीको खर्च, समय,
सास्ती बढ्नुका साथै बचाउन सकिने
बिरामीको पनि मृत्यु हुन पुग्ने क्यान्सर सर्जन
कपेन्द्रशेखर अमात्यको अनुभव छ । उनका अनुसार
क्यान्सर सर्जनले अपरेसन गर्दा फैलिन सक्ने सम्भावित
अंगको समेत विचार गरी अपरेसन गर्छन् । जस्तो,
क्यान्सरग्रस्त पिसाबथैलीको अपरेसन गर्दा,
वरिपरिका गिर्खा, महिलाको भए पाठेघर
पनि झिकेर फालिन्छ ।
रोग नफैलिएको भए क्यान्सर निको हुन्छ । तर
काठमाडौंमा कतिपय अरू रोगका सर्जन
पिसाबथैलीको क्यान्सरको अपरेसन गर्न तम्सिन्छन् ।
अपरेसन गरिसकेपछि क्यान्सरविज्ञकहाँ पठाइदिन्छन् ।
'अब क्यान्सरविज्ञले दोहोर्याएर अपरेसन
वा रेडियोथेरापी/किमोथेरापीमार्फत थप उपचार
गर्नुपर्ने हुन्छ,' उनले भने, 'अनि बिरामीको थप खर्च, समय
बर्बाद र सास्ती ।'
भरतपुर र भक्तपुर क्यान्सर अस्पतालका साथै
राजधानीका वीर, शिक्षण अस्पताल तथा थुप्रै
निजी अस्पतालमा क्यान्सरको उपचार गरिन्छ । कुनै
पनि उपचार त्यस खालका बिरामीको बढी चाप हुने
अस्पतालमा गर्दा सफलताको प्रतिशत बढी हुने
अन्तर्राष्ट्रिय अध्ययनले देखाएका छन् ।
अमात्यका अनुसार अपरेसन एउटा डाक्टरले हैन टिमले
सफल हुने हो । बिरामीको चाप बढी हुने ठाउँमा अपरेसन
गर्ने डाक्टर, बेहोस बनाउने डाक्टरका साथै नर्सहरू
बढी दक्ष भइसकेका हुन्छन् ।
दुई साताअघि ११ वर्षीय अनुरभ
लम्सालको स्कुलमा जुडो ट्रेनिङका क्रममा नली खुट्टा भाँच्चियो ।
स्कुलले पुर्याएको नजिकको अस्पतालका अर्थोपेडिक
सर्जनले भाँच्चिएको ठाउँमा प्लास्टर गरेर एक
सातामा ठीक नभए अपरेसन गर्नुपर्छ भने । एक
सातामा अनुरभको भाँच्चिएको ठाउँमा थप
समस्या देखिए पनि डाक्टरले थप एक साता हेरौं भने ।
अभिभावकले अन्य डाक्टरसँग परामर्श थाले । परामर्श
गरिएका सबै ३ जना डाक्टरले तत्काल अपरेसन नगरे
खुट्टा बांगिने बताए । त्यसपछि उनको अपरेसन गरियो ।
अपरेसन गरेका अर्थोपेडिक सर्जन लक्ष्मण
रिजालका अनुसार बच्चाको हड्डी सजिलै जोडिने
भएकाले सुरुमा प्लास्टर गर्नु अनुचित हैन । तर प्लास्टर
गनर्ेेबित्तिकै गरेको एक्सरेमै
भाँच्चिएको ठाउँको हड्डी मिलाएर
जोडिएको देखिन्न । 'यस्तो अवस्थामा डाक्टरले दुई
साता समय लिएर जोखिम मोल्नु हुन्न,' उनले भने ।
उद्यमी वीरेन्द्र साहको साढे २ वर्षअघि दिसा बन्द
भयो । राजधानीको सम्पन्न अस्पतालमा उपचार
भयो । डाक्टरले 'स्टुल' पास हुने नलीमा अवरोध
भएको भन्दै अपरेसनमार्फत
नलीको अवरोधको भएको भाग काटेर नली जोड्ने
निर्णय गरे । उनी थप प्रस्ट हुन दिल्लीको मेदान्त
अस्पताल पुगे । एक साताको अस्पताल बसाइमा कुनै
चिरफार नगरी उनको उपचार गरियो ।
त्यसयता उनको स्वास्थ्यमा समस्या देखिएको छैन ।
कार्डियाक सर्जन रामेश कोइरालाका अनुसार
डाक्टरको अल्पज्ञान, प्रयोगशालाको गलत
रिपोर्टका साथै स्वास्थ्य
क्षेत्रमा कमिसनखोरीका कारण बिरामी गलत
उपचारको सिकार हुन्छन् । त्यसैले अपरेसन
गर्दा बिरामीले दोस्रो राय लिनुपर्ने उनको सुझाव छ
। डाक्टरले किताबमा पढेका प्रोटोकल,
इथिक्सको पालन नगर्दा बिरामीले अनावश्यक खर्च र
सास्ती बेहोर्न परेको छ । अर्थोपेडिक सर्जन
रिजालका अनुसार बिनाकारण 'ब्याकपेन' भए र
नसामा समस्या भएको संकेत छैन भने दुई सातासम्म अरू
केही नगरी आराम र पेन किलर खान सल्लाह दिनु भनेर
किताबले भन्छ । कसैले सामान्य एक्सरेसम्म गराउनु
अनुचित होइन । 'सोझै सिटिस्क्यान वा एमआरआई
गराइदिन्छन्,' उनले भने, 'परीक्षणका क्रममा पाइने
कमिसनको लोभ
डाक्टरमाथि हावी भएपछि यस्तो गरिन्छ ।'
ढाडमा डल्लो देखिएपछि लीलाराम लामिछाने
जचाउन भक्तपुर क्यान्सर अस्पताल पुगे । बोसोले
डल्लो आकार लिएको पुष्टि भयो । तैपनि डाक्टरले
उनलाई छातीको सिटिस्क्यान गर्न भने ।
छोरा प्रकाशले चिनेका डाक्टरसँग परामर्श
गर्दा बोसोको डल्लो देखिइसकेपछि छातीको सिटी अनावश्यक
ठहर्याए, बोसोको डल्लोको शल्यक्रिया गरिदिए ।
रिजालका अनुसार
चिकित्सकमा बढदो शल्यक्रिया मोहको मुख्य कारण
पैसा नै हो । 'निजी अस्पतालमा डाक्टरले
सानो शल्यक्रिया गर्नु मात्र पर्छ, कम्तीमा लाख
रुपैयाँ कमिन्छ', उनले भने, 'अझ औषधिदेखि ल्याबसम्मबाट
कमिसनसमेत आउँछ । त्यही भएर मौकाको फाइदा लिन
हतारिन्छन् ।'
हालै टाइम्स अफ इन्डियामा प्रकाशित
रिपोर्टअनुसार भारतमा सर्जरी गर्ने भनिएका ४४
प्रतिशत बिरामीले दोस्रो राय लिँदा डाक्टरले
सर्जरी आवश्यक नपर्ने ठहर्याए । १२ हजार ५
सयमा गरिएको अध्ययनअनुसार
सबैभन्दा बढी एनजीओप्लास्टीको सिफारिसलाई
दोस्रो राय दिने डाक्टरले अनुचित ठहर्याएका थिए ।
नेपाल र
भारतमा एनजीओप्लास्टीमा डाक्टरको रुचि देखिनुको कारण
यसमा प्रयोग हुने उपकरण (स्टेन्ट) हो । यहाँ प्रयोग हुने
अमेरिकन स्टेन्टको न्यूनतम १ लाख ५० हजार रुपैयाँ पर्छ ।
भारतीय स्टेन्ट ७५ हजारसम्ममा पाइन्छ । यसमा प्रयोग
गर्ने डाक्टरले कमिसन २५ प्रतिशत कमिसन पाउँछन् । यसैले
कमिसनका लागि डाक्टरले
एनजीओप्लास्टी गराइहाल्न नपर्नेलाई पनि गराइदिने,
चाहिनेभन्दा बढी स्टेन्ट प्रयोग गरिदिने गर्छन् । '२
वटाभन्दा बढी स्टेन्ट प्रयोग गर्नपर्ने भए
सर्जरी (बाइपास) रोज्नपर्छ,' कोइरालाले भने, 'तर ३/४
वटासम्म स्टेन्ट प्रयोग गर्दिने तर अपरेसन सिफारिस
नगर्ने प्रवृत्ति छ ।'
मुटु (कार्डियाक) सर्जन भगवान कोइरालाले
चिकित्सकको अल्पज्ञानको रूपमा मात्र बुझ्न नहुने
बताए । उनका अनुसार ठीक नभएपछि डाक्टर फेर्दै
जाँदा पछिल्ला डाक्टरलाई उपचार गर्न सजिलो हु्न्छ
। अघिका डाक्टरले गरेको उपचार
असफलताको आधारमा अब के गर्ने निर्णय गर्न
सजिलो हु्न्छ । 'मै कहाँ धेरै बिरामी अन्यत्र ठीक
नभएपछि आइपुग्छन्,' उनले भने, 'अरूले गरेको उपचार हेरेर
निर्णय लिन मलाई सजिलो हुन्छ ।'
काठमाडौंमा ठीक नभएपछि बिरामी पुग्ने
दिल्ली हो । 'दिल्लीका डाक्टरलाई
काठमाडौंका डाक्टरले गरेको असफल
उपचारको आधारमा निर्णय लिन सजिलो हुने भए
पनि तिनले बिरामीलाई तेरो डाक्टरले केही जान्दैन
भन्दिछन्,' उनले थपे, 'यस्तो आरोप आफ्नो व्यापार
बढाउन लगाइन्छ ।' यसबाहेक हरेक बिरामी र
उसका आफन्तलाई अन्तिम ठाउँको परामर्श यसै
पनि ठीक लाग्ने उनले बताए ।
हामीकहाँ दिल्लीमा उपचार गर्न सक्ने थुप्रै भए
पनि अमेरिका लैजान सक्ने धेरै छैनन् ।
'यदि दिल्लीमा पनि चित्त नबुझाएर
बिरामी अमेरिका पुगे उसले दिल्लीको डाक्टरलाई
पनि गाली गर्न सक्छ,,' उनले भने ।
क्यान्सरको उपचार त संसारको जुनसुकै ठाउँमा एउटै हुने
मेडिकल डाइरेक्टर न्यौपानेले बताए । 'भारत,
सिंगापुरमा उपचार गराएका थुप्रै बिरामी बच्न
सकेका छैनन्,' उनले भने, 'जो बचेका छन्, नेपालमै उपचार
गरेको भए पनि सम्भवतः बाँच्थे ।'
'भारतमा असल अभ्यास पनि छ,' अल इन्डिया मेडिकल
इन्स्िटच्युट पढेका रिजालले भने, 'गलत अभ्यास
पनि हामीकहाँभन्दा डरलाग्दो छ ।' कार्डियाक
सर्जन रामेश कोइरालाले पत्थरी नै
नभएको बिरामीलाई
पत्थरी छ भन्दै पेट चिरेर टाँका लगाइदिएर
पठाइदिएको घटना पनि पाइएको बताए ।
उनका अनुसार उपचारका क्रममा उचित निर्णय गर्न
डाक्टरी पढाताकाका किताब पर्याप्त हुन्नन् ।
प्रख्यात डाक्टरका अनुभवमा आधारित भएर लेख
भएका जर्नल र विकसित
देशका निर्देशिका (गाइडलाइन) पढिरहनुपर्छ ।
नेपालमा गाइडलाइन बनाउने क्षमता नभएकाले
विकसित देशका गाइडलाइनको मद्दत लिनुपर्छ ।
अन्तर्राष्ट्रिय सेमिनारमा सहभागिता जनाइरहनुपर्छ
। 'आफूलाई अद्यावधिक राख्न केही नगर्ने,
पढाइताका बटुलेका ज्ञान र उपचारकै क्रममा हासिल
गरेको अनुभवका आधारमा उपचार जारी राखे
बिरामीले सही उपचार नपाउने सम्भावना बढी हुन्छ,'
उनले भने ।
कोइरालाका अनुसार अमेरिका, युरोप
लगायतका विकसित ठाउँमा अस्पतालले
बिरामीलाई अनावश्यक सर्जरीबाट जोगाउन
भएका सर्जरीको समीक्षा (अडिट) कडाइका साथ
गर्छन् । अस्पतालमा अडिट गर्ने छुट्टै इकाई हुन्छ ।
अनावश्यक सर्जरी पुष्टि भए कारबाही हुन्छ ।
'यस्तो इकाईले उपस्थित
गराउँदा पनि सर्जनको पेसा धरापमा पर्छ,' उनले भने ।
नेपालमा ठूला अस्पतालमा यस्ता अडिट गरिए
पनि औपचारिकतामा सीमित रहेको उनले बताए ।
स्वास्थ्य क्षेत्रको व्यापारीकरण मात्र होइन,
कालोबजारीकरण भइसकेकाले बिरामीले अनावश्यक
सास्ती र सम्पत्ति स्वाहा बनाउन पर्ने अवस्था छ ।
रिजालका अनुसार कुनै डाक्टरले बिरामीलाई आफूले
ठीक पार्न नसक्ने वा अर्को क्षेत्रको पर्यो भने
अर्कोलाई रिफर गर्नुपर्ने हुन्छ ।
कुनै जमानामा डाक्टरले सफा नियतले आफूले ठीक
ठहर्याएको डाक्टर वा अस्पतालमा लैजान सुझाव
दिन्थे । अब यस्तो नियत राख्ने डाक्टरको संख्या कम
हुँदै गएको छ । कमिसनखोरीका कुरा थाहा पाउँदा त
पेसाप्रति नै बैराग लागेर आउने, बरु छोडेर अरू नै काम
गरौं जस्तोसम्म लाग्ने कोइरालाले सुनाए । कमिसनकै
कारण केहीसँग त बोलचाल नहुने गरी झगडा परेको उनले
बताए ।
अर्थोपेडिक सर्जन रिजाल स्वदेशी उत्पादनका कारण
विदेशका स्तरीय औषधिको उपलब्धता घटदै
गएको बताए । बढी कमिसन पाइने भएकाले औषधि पसलले
पनि सकेसम्म स्वदेशी उत्पादन राख्छन् । कतिपयले
सिन्डिकेट बनाएरै विदेशीलाई भित्रिन नदिन हरसम्भव
प्रयास गर्छन् । 'तर
स्वदेशी उत्पादनको गुणस्तरको पर्याप्त अनुगमन/
परीक्षण छैन,' उनले भने, 'स्वदेशीलाई प्रोत्साहित गर्ने
नाममा स्तरीय औषधिबाट वञ्चित गर्न चाहिँ मिल्दैन
।'
Thursday, 12 February 2015
शल्यक्रिया धन्दा।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment