तपाइँ असाध्यै भाग्यमानी । धेरै सम्पत्ति कमाउनुहुन्छ
। सन्तानबाट सुख पाउनहुन्छ । परिवारमा राम्रो प्रेम
लाभ हुन्छ ।” हात वा चिना देखाउने जो कोहीलाई
ज्योतिषीका तर्फबाट यस्तै–यस्तै खाले
भविष्यबाणी गरिन्छ ।
तर ‘सिकर्मीको घरको भर्याङ भाच्चिएको’,
‘डकर्मीको घर टेकाले अडाएको’, भने झैँ एक
ज्योतिषी आफ्नै भाग्य रेखा हेर्न
बिर्सदा श्रीमतीबाटै पीडित हुन पुगेका छन् ।
उमेरले निकै पाका ७४ वर्षीय ज्योतिष पण्डित
विष्णुप्रसाद निरौला आफ्नी ५०
वर्षीया श्रीमती अम्बिका निरौलाले सबै
सम्पत्ति लिएर अर्कैसँग विवाह
गरेपछि आफ्नो सम्पत्ति माग्न
न्यायका लागि अदातल धाइरहेका छन् ।
खोटाङ घर भए पनि हाल सूर्यविनायक
नगरपालिका–६ भक्तपुरमा बस्ने निरौलाले खुइय गर्दै
भन्नुभयो, “विश्वास गरेर
उसको नाममा सम्पत्ति गरिदिए, केही बेचेर खाई,
केही लिएर गई ।”
विसं २०६९ फागुन १ गते सोलुखुम्बुका रहेको रु चार÷पाँच
लाख (१० आना) जग्गा, इटहरीमा भएको रु ५०
लाखभन्दा बढी पर्ने एक कठ्ठा साँढे तीन धुर जग्गा,
साढे १४ तोला सुन, २०० तोला चाँदी ज्योतिष
निरौलाले
आफ्नो पत्नीका नाममा राखिदिएका थिए । तर
पत्नी अम्बिकाले ती सबै सम्पत्ति लिएर पेशाले
अधिवक्ता तर नाताले आफन्त पर्ने गुरुभक्त निरौलासँग
दुई वर्षअघि बिहे गरिन् । पत्नी अर्कैसँग
गएपछि सम्पत्ति माग गर्दै पण्डित निरौलाले
काठमाडौँ अदालतमा सम्पत्ति फिर्ता पाउँ भन्दै
पटक–पटक गरेर सातवटा रिट हाले । तर उनले मुद्दा सधैँ
हारे ।
मुद्दा हारेको पीडाले उनले
‘मरेको बिरालोमाथि नौ गोली प्रहार’ नामक
पुस्तक प्रकाशन गरे । पुस्तकमा उनले
वृद्धाअवस्थामामुद्दामामिलागर्दाकापीडापोखेकाछन्
भने निर्धाले न्याय नपाएको र
न्यायका लागि आफूले धेरै दुःख पाएको व्यथा प्रस्तुत
गरेका छन् । मुद्दाका लागि आफ्नो ३० लाख खर्च
भएको र त्यसका रु १६ लाख ऋण नै भएको उल्लेख
गरेका छन् ।
“म बिरामी थिएँ”, आफ्नै अर्धाङ्गिनीले
बुढेककालमा यस्तो धोका देली भन्ने
कल्पना पनि नगरेको भन्दै निरौलाले थपे, “उनले
त्यसो गर्लिन् भन्ने मलाई दश मनमा एक मन पनि थिएन
।”
त्यसो त पण्डित निरौलाले
पनि जीवनमा केही गल्ती गरेको अहिले महसुस
गरेका छन् । चार छोरा र श्रीमतीलाई छोडेर उनले
२०३८ सालमा कान्छीलाई भित्र्याएका हुन् ।
कान्छीबाट जन्मिएका एक छोरा र एक छोरी छन् ।
उनले सबै सन्तानलाई पालनपोषण,
शिक्षादीक्षा दिएका छन् । छ
सन्तानका पिता ज्योतिष निरौला अहिले एक्लै
बस्छन् । चिना बनाएर, पूजापाठ, जजमान गरेर खान्छन्
। पत्नीले छाडेपछि आ–आफ्नै घरजम
भएका छोराछोरीले पनि उनलाई बास्ता गर्दैनन् ।
सबैको स्याहारमा बस्नुपर्ने अवस्थामा दुःख
पाएका ती ज्योतिषीले लामो साँस तान्दै भने,
“सन्तानलाई हुर्काए, पढाए, बढाए, सबैको कर्मकाण्ड
(विवाह) गिरिदिए, अहिले जेठो छोराले त
बेलाबेलामा रक्सी खाएर आएर बिना कारण निहुँ
खोजेर लछार–पछार गरी कुट्छ”–टाउँकोमा छोराले
पीटेको चोड उनले देखाए ।
ज्योतिषी भएर आफ्नै न्यायका लागि गुहार माग्दै
हिँडेका यी ज्योतिषीले अरुको के
भविष्यवाणी गर्लान् भन्ने तपाईँको मनमा प्रश्नचिह्न
पनि उठ्यो होला । तर, उनले
आफ्नो चिना राम्ररी कहिले हेर्ने मौका पाएनन् ।
दुःख पाएर समस्यामा परेपछि उनले चिना हेर्न खोजे
तर श्रीमतीले चिना लगेपछि उनले हेर्न पाएनन् ।
विपी कोइराला विद्यापीठ सोलुखुम्बुबाट
ज्योतिष विद्यामा उत्तर माध्यमा (आइए)
गर्नुभएका पण्डित निरौलाले आफ्नो चिना बनाउने
प्रयास गरे तर १९९७ सालको पात्रो उनीसँग छैन ।
अहिले पनि उनी चिना बनाउने काममा व्यस्त हुन्छन् ।
चिना हेरेर धेरैको घर बसाए, तर आफ्नै घर उजाड
भएपछि मात्र उनले आफ्नो चिनाको खोजी गरे ।
जति बेला उनले आफ्नो भाग्य हर्न खोजे,
त्यति बेला चिना नै थिएन ।
अहिलेसम्म उनले ५० भन्दाबढी जिल्लाका पाँच
हजारभन्दा बढी चिना बनाए भने २५
हजारभन्दा बढीको चिना हेरेका छन् ।
सुरुका दिनमा रु २०, ३० र ५० मा चिना बनाउन सुरु
गरेका उनले अहिले पनि उनी यति चाहिन्छ भन्दैनन् । तर
स्वविवेकले नै रु २०० देखि रु ५०० सम्म दिन्छन् ।
Wednesday, 11 February 2015
अरुको भाग्य बताउँदा बताउँदै आफ्नै भाग्य पत्तो भएन…
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment