काठमाडौं, फागुन ४ –
भारतको मुम्बइमा वेश्यावृत्तिका लागि नेपाली
चेलीहरुलाई बेच्ने दलालहरुलाई सरकारले मानव शरीर
बेचबिखन ऐन अन्तर्गत कारवाही गर्ने
गरेको भएपनि खाडी राष्ट्रहरुमा शरीर बेच्न वाध्य
बनाउने गरी महिलाहरु पठाउने कार्यमा भने नेपाल
सरकारकै संलग्नता रहने गरेको छ । महिलालाई
सम्मानजनक व्यवहार गर्ने र समान
हैसियतमा कारोबार गर्ने
भन्दा पनि खेलौनाका रुपमा प्रयोग गर्ने
खाडी क्षेत्रका मुस्लिम
राष्ट्रहरुमा नेपाली चेलीहरुलाई अवैध रुपले झुक्याएर
दलाल मार्फत पठाउने कार्यमा सरकार स्वयं
सहयोगी बन्ने गरेको हो ।
गत आर्थिक वर्षमा मात्र नेपाल
सरकारको स्वीकृतिबाट खाडिका मुस्लिम
राष्ट्रहरुमा ८ हजार ८ सय ३६ चेलीहरुलाई पठाइएको छ
। अदक्ष नेपाली चेलीहरुलाई बिना कुनै व्यावसायिक
तालिम र प्रशिक्षण खाडि राष्ट्रमा पठाएर के
कस्ता काममा लगाउने र त्यहाँ गएर कुन काम गर्ने
भनी केही चासो सरकारले लिएको हुँदैन ।
नेपालका दूर्गम र विकट स्थानका १८ देखि ४०
वर्षसम्मका चेलीहरुलाई लेबनान, कुवेत वा वैध
मानिएका राष्ट्रका टिकट र नक्कली कागजपत्र
बनाएर इराक, सिरिया लगायतका द्वन्द्वग्रस्त र कट्टर
मुस्लिम राष्ट्रमा पठाउने काम वैदेशिक रोजगार
विभागका कर्मचारीको मिलोमतोमा भइरहेको छ ।
मानव दलालका विश्वासमा सजिला काम पाइने र
मासिक ३० हजारदेखि एक लाखसम्म कमाई हुने
सपना सजाएर खाडीका मुस्लिम राष्ट्रहरुमा पठाइने
चेलीहरुमध्ये ५० प्रतिशतसम्म यौन शोषणमा पर्ने
गरेका वैरो श्रोतले उल्लेख गरेको छ । मुस्लिम
राष्ट्रका रहनसहन, संस्कृति केही थाहा नपाएका र
भाषा पनि नबुझ्ने पहाड र हिमाली भेगका बेरोजगार
र अबोध चेलीहरुलाई
एक्कासी पैसाको प्रलोभनमा खाडी राष्ट्रमा धकेल्ने
काममा सरकार र यसका संयन्त्रले कमिसन
असुली मानव दलालसँग मिलेर काम गर्ने गरेका हुन् ।
यसरी खाडी राष्ट्रमा पुर्याइएर जवानी बेच्न वाध्य
हुने र अन्तमा मानसिक वा शारिरीक
अपांगताको अवस्थामा बेवारिशे रुपमा स्वदेश
फर्काइने चेलीको संख्या दिनानु दिन वृद्धि हुँदै
गएको ।
जीवनका सुन्दर सपनाहरु पूरा हुने स्वर्णीम
कल्पना सम्हाल्दै खाडिका मुस्लिम
राष्ट्रमा धकेलिएका र त्यहाँ पुग्नासाथ घरेलु
नोकरका रुपमा राख्ने र यौनदासीका रुपमा व्यवहार
गरिने कारण कतिपय चेलीहरु मानसिक रुपले नै
क्षतविक्षत हुने गरका छन् । कतिपयले बर्बर यौन
हिंसा सहेर मात्र नपुगी शारिरीक यातना समेत
भोग्ने गरेका छन् । त्यहाँका घरभेटीले बस्तुसरह बेचविखन
गर्ने नेपाली चेहीहरुले पेटभर खान नपाउने मात्र होइन
वैधानिक कागजातहरु मलिकले नै लिएर नदिने हुनाले
अलपत्र पर्नु सामान्य भएको छ ।
यस सम्बन्धमा श्रम तथा रोजगार मन्त्री टेक बहादुर
गुरुंगले महिलाहरुले पाउने गरेका दुखका कारण अहिले
खाडी राष्ट्रमा जान नै प्रतिबन्ध लगाइएको बताए ।
उनको भनाई छ, जबसम्म कुबेत, लेबनान,
साउदी लगायतका राष्ट्रसँग कामदारका हित र
अधिकार संरक्षणका बारेमा दुई पक्षीय सम्झौता हुँदै
न तबसम्म हामी महिलालाई
रोजगारीका लागि विदेश नपठाउने नितिमा छौं ।
वैदेशिक रोजगार
विभागको जिम्मेवारीमा रहिसकेका एक सहसचिव
भन्छन् लेबनानमा पुग्ने महिलामध्ये ७५ र
कुबेतमा पठाइएका ५० प्रतिशत नेपाली चेलीहरु
जबर्जस्ति यौनहिंसामा पर्ने गरेका छन् ।
एउटा मालिकले उसका इच्छाहरु
पूरा भएपछि बिना कागजात र तलब
अर्को मालिकलाई वस्तुसरह नेपाली महिलालाई बेच्नु
त्यहाँको सामान्य प्रक्रिया भएको उनको भोगाइ
छ ।
नेपाली चेलीहरुलाई झुटा आश्वासन र विश्वास
दिलाएर खाडी राष्ट्रमा पठाए वापत
नेपाली दलालहरुले प्रति चेली डेढलाख रुपैयाँ हात
पार्दछन् । यो रकम उनीहरुलाई खाडीका मालिकले
चेली पठाइदिए वापत दिने हुन । यो रकम डेढलाख बाट
गैरकानूनी रुपले पठाउन सहयोग गरेवापत ४० हजार
रुपैयाँ वैरोका कर्मचारीले र अर्को ४० हजार
अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन
कार्यालयले उडान अनुमति दिएवापत बुझ्ने गरेका छन् ।
यसरी गैरकानूनी कागतबाट उडेका महिलाहरु नेपाल
फर्किहाल्न सके भने फेरी अध्यागमनका कर्मचारीले
कागजात मिलेन भनी घुस असुलेर वा पक्रिएर
हिरासतमा राखी फेरी दुख दिने गरेका छन।
Monday, 16 February 2015
नेपाली चेली बेचेर सरकार पैसा लिन्छ....
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment