Monday, 9 February 2015

अर्बपति बिनोद चौधरीका माइला छोराको बिहे को ?

काठमाडौं, माघ २६/विश्वकै
धनाढ्यको सूचीमा रहेका नेपालका अर्बपति
बिनोद चौधरीका माइला छोराको बिहे
खबरले भारतीय
सञ्चारमाध्यमहरुमा पनि छोएको छ । भारतीय
सञ्चारमाध्यमहरुले विनोद
चौधरीका माइला छोराको बिहेको समाचार
प्रकाशन तथा प्रशारण गरेका छन् ।
राहुलको बिहे भारतको प्रतिष्ठित
व्यापारिक घरानाकी छोरी सुरभी खेतानसँग
भएको हो ।
०७१ माघ २३ गते
भएको बिहेमा प्रधानमन्त्री सुशील
कोइरालालगायतका वरिष्ठ नेता,
ठूला व्यवसायिक घराना र
मारवाडी परिवारका केही व्यक्तिलाई
निम्तो दिइएपनि विहेमा नेपालबाट
सूर्यबहादुर थापाबाहेक अरु
ठुला नेता कोही गएनन् ।
जयपुरको रंगबाघ होटलमा भएको बैबाहिक
समारोहमा दक्षिण एशियाकी केही चर्चित
उद्योगी,नेता तथा बलिउडका चर्चित
कलाकारका साथै गैरआवासीय भारतीयहरु
सहभागी रहेको भारतीय सञ्चारमाध्यमले
जनाएका छन् ।
चौधरीले मुम्बईका चर्चित औद्योगिक
घरानासँग पारिवारिक सम्बन्ध गाँसेका हुन् ।
आजको साँघु साप्ताहिकमा खबर छ ।

No comments:

Post a Comment