बुद्धि बिबेक र चतुर स्वभाबका भगवान कृष्ण
सबैका प्यारा छन |उनको बारेको धेरै किम्बदन्तीहरु
रहेका छन |उनको अनेक स्वरुप हुने गर्दछ |एक जना कृष्णले
त्यति धेरै गोपिनिहरुलाई रिजाएर र खुसि बनाएर
राखेका थिए र कहिले बिचलित भएका थिएनन् |उनै
कृष्णले मानिस सफल हुनको लागि बताएको ५ सुत्रहरु
छन ,जलाई यसरि प्रस्तुत गरिएको छ |
१. दूरगामी सोचः
भगवान् श्रीकृष्णको तर्फबाट
भनिएको श्लोकमा आधारित भागवत
गीताको अनुसार हामीले सोचलाई सुंकुचित
बनाउनुभन्दा यसलाई दूरगामी र व्यापक बनाउनुपर्छ
जसले गर्दा भविष्यमा आइपर्ने दुखबाट सजिलै पार
पाउन सकियोस् ।
२. डरभन्दा अगाडि जीतः
गीताका अनुसार यदि तपाईंको अगाडि समस्याले
विकराल रुप लिँदै छ र यसलाई समाधान गर्न सकिरहनु
भएको छैन भने पनि तपाईंले हिम्मत नहार्नु र सोच
बिचार गरेर मात्र
समस्याको समाधानको बाटोमा लाग्नुहोस् ।
समस्यासँग डराउनुभन्दा पनि यससँग लड्नु नै
सबैभन्दा ठूलो शक्ति हो । एकपटक डरलाई पार लगाउनु
भयो भने
त्योभन्दा अगाडिको कदममा तपाईंको जीत छ भनेर
सम्झनुहोस् । पाण्डवहरुले पनि धर्मको सहारामा युद्ध
जितेका थिए ।
३. प्रगति पथमा प्रशस्तः
श्रीकृष्णले सधैभरि पाण्डवहरुलाई यहि भनेका छन्
कि पछि हट्नुभन्दा प्रगति पथमा लम्कनु
बुद्धिमानी हुनेछ ।
उदाहरणकालागियदिकोहीकर्मचारीकम्पनीमालगाव
भएका कारण जीवनको ठूलो असर गुमाउँदै छ भने
त्यो मूर्खता हो किनभने अट्याचमेन्टले ट्यालेन्टलाई
मार्ने गर्दछ । यस्तो अवस्थामा यदि तपाईंलाई
ठूलो स्कोप, स्थान परिवर्तनमा देखियो भने स्थान
परिवर्तनमा नै फाइदा हुनेछ ।
४. बन्नुहोस् ऋषिकेशः
श्रीकृष्णलाई ऋषिकेश पनि भनिन्छ । यी दुई शब्दबाट
मिलेर बनेको छ ऋषक र ईश अर्थात इन्द्रियलाई
वशमा गर्ने स्वामी । श्रीकृष्णको भक्ति गर्ने
व्यक्ति बुद्धिमाथि विजय प्राप्त गर्न सक्षम हुने
गर्दछन् । गीताको अनुसार हावालाई वशमा ल्याउन
सम्भव होला तर मानिसको दिमागलाई
वशमा ल्याउन असम्भव हुन्छ । दिमागलाई
आफ्नो वशमा ल्याउने व्यक्तिहरु कुनै
पनि क्षेत्रमा निकै सजिलै सफलता हाँसिल गर्न
सक्छन् ।
५. स्मृति, ज्ञान र बुद्धिः
गीतामा श्रीकृष्णले एक श्लोकमा उल्लेख गरेका छन्
कि कुनै पनि क्षेत्रमा सफल हुनका लागि स्मृति र
बुद्धि स्वस्थ हुनु अनिवार्य छ । बुद्धि अर्थात
राम्रा कुराहरु सोच्ने क्षमता, ज्ञान अर्थात सबै
कुराहरुको भित्रि जानकारी हुनु र स्मृति अर्थात
नराम्रो कुरालाई बिर्सने र राम्रो कुरालाई याद
गर्ने क्षमता । यदि यी तीन कुराहरुमा युवाहरु
केन्द्रित हुने हो भने उनीहरु जीवनको ७० प्रतिशत
कठिनाईहरुबाट पार पाउन सकिनेछ ।
No comments:
Post a Comment