Thursday, 12 February 2015

मलेसियामा प्रभु मनीका कर्मचारीबाट ९० लाख लुटियो

मलेसिया : मलेसियाको क्वालालाम्पुर सहरमा प्रभु
मनी ट्रान्सफरका एक कर्मचारीबाट ३ लाख ३० हजार
रिंगिट (९० लाख रुपैयाँ) लुटिएको छ ।
बिहीबार दिउँसो नेपाल
पठाउनका लागि बैंकमा जम्मा गर्न जाने क्रममा प्रभु
मनी ट्रान्सफरका कर्मचारी प्रमोद न्यौपानेलाई
छुरी हानेर सो रकम लुटिएको हो ।
क्वालालाम्पुरको कोतारायामा भएको सो घटनामा र
लुट्ने क्रममा लुटेराको छुरी प्रहारबाट घाइते
न्यौपानेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
बैंकका सुरक्षागार्डकै अगाडि रकम
बोकेको हातमा छुरी हानेर लुटेराले सो रकम लुटेका हुन् ।

No comments:

Post a Comment