नेपाली युवालाई त्रिभुवन
विमानस्थलका कर्मचारीहरूले
हाकाहाकी ठगिदिएका छन् । सरकारी नियम
अनुसार दस्तुर नलाग्ने वस्तुमा मोटो रकम तिर्न लगाएर ठग्ने र
सरकारी नियम उल्लंघन गर्ने, प्रवाशबाट नेपाल पुगेकालाई हेप्ने
काम गरेका छन् । मलेशियमा काम गर्दै रहेका रामशरण खत्रीले
लगेको ३२ इन्चको टिभीमा विमान
स्थलका कर्मचारीले रकम तिर्न वाध्य पारेका हुन् ।
सरकारी नियम अनुसार बिदेशमा काम
गरेका नेपाली स्वदेश फर्किँदा ३२ इन्च
सम्मको टिभीमा कुनै भन्सार दस्तुर लाग्दैन ।
उनी शनीबार मलेशियाबाट एयर एशियाको विमान
मार्फत् नेपाल गएका थिए । उनले साथमा ३२
इन्चको टिभी लगेका थिए । नेपालको भन्सार कार्यालयमा पुग्नासाथ
उनलाई त्यहाँका कर्मचारीले १३ हजार तिन सय ६०
रुपियाँ तिर्न वाध्य पारे । खत्रीले बिदेशमा वर्षदिन
भन्दापनि बढि काम गरेको प्रमाण देखाएर बिदेशमा काम गर्ने
नेपालीले स्वदेश फर्किँदा ३२ इन्च
सम्मको टिभीको भन्सार नलाग्ने भन्दै पटक पटक सम्झाए । तर
भन्सारका कर्मचारीहरूले टेरेनन् ।
उनले यो प्रवधानका बारेमा पटक पटक सम्झाएका थिए,
त्यहाँका कर्मचारीहरूलाई । तर उनीहरूले
खत्रीको कुरा पटक्कै नसुनेपछि खत्री र
विमानस्थलका कर्मचारीहरुबिच केहिबेर भनाभननै
भएको खत्रीले बताए । ‘मैले
सरकारी नियमका बारेमा पटक पटक व्याख्या गरें । तर
मेरो कुरो उनीहरूले सुनेनन् । म एक्लो भएकोले
मेरो केहि लागेन र बाध्यताबस तिरें’ खत्रीले भने ‘म
जस्तो बिदेशमा सामान्य काम गरेर स्वदेश फर्केको युवालाई
यसरी ठगिन्छ भने त्यस्ता कर्मचारीमाथि छानबिन
र कारवाही कसले गर्ने ?’
स्रोतका अनुसार विमानस्थलमा यसरी लिने रकम
त्यहिँका कर्मचारीले पछि रसिद च्यातेर सहि समेत
अर्धकट्टी हेरेर आफैंले गर्ने र भुलबस लिएकोले
फिर्ता दिएको देखाएर रकम खाने गरेका छन् । कर्मचारीहरूले
बिदेशबाट आएका नेपालीसित उपाहार माग्ने,
उनीहरूले ल्याएका सामान झिकिदिने र रकम माग्ने गर्छन् ।
त्यो नदिए त्यहि झोक फेर्न दु:ख दिने र
यसरी अनाहकमा रकम तिराउने, ठग्ने गर्छन् । तर
त्यसको अनुगमन हुने गरेको छैन् । कतिपय अनुगमनकर्तानै त्यस्तै
कर्मचारीसित मिलोमतो गरेर देखेको नदेख्यै गरिदिने गरेका छन् ।
रामशरण खत्री यस्ता पात्र हुन् जसले मलेशियामा खर्च
नपाएर, पासपोर्ट नभएर र अनेक दु:खले जेलिएर अलपत्र
परेका नेपालीहरूलाई लामो समयदेखि सेवा र उद्दार गर्दै
No comments:
Post a Comment