Tuesday, 10 February 2015

गाडी भाडा घट्यो।

माघ २७, काठमाडौं ।
भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले
भोलीदेखि लागुहुने गरि सार्वजनिक
सवारी साधनको भाडादर घटाएको छ ।
मन्त्रालयका अनुसार उपत्यकामा संचालन हुने सार्वजनिक
सवारी साधनमा २ दशमलब ३ प्रतिशत भाडा घट्ने छ ।
ट्याक्सीमा १ दशमलब ६५ र ट्रक तथा मालबहाक
सवारी साधनमा ५ प्रतिशत भाडा घटाउने निर्णय
भएको मन्त्रालयका सचिव तुलसी सिटौलाले
जानकारी दिनुभयो ।
आयल निगमले जारी गरेको स्वचालित मुल्य
प्रणाली अनुरुप इन्धनको मुल्य ५ रुपैयाँले घटेसंगै भाडादर पुन
घट्ने सिटौललाले बताउनुभयो । इन्धनको मुल्य
बढेमा भाडादर बढ्ने मन्त्रालयले जनाएको छ । निगमले
स्वचालित मुल्य प्रणली अनुरुप आठौं पटक इन्धनको मूल्य
संशोधन गरेपछि सार्वजनिक सवारी साधनको भाडादर
घटेको हो ।
यसअघि इन्धनको मुल्य घटेपनि सार्वजनिक
सवारी साधनको भाडादर नघटेको भन्दै बिभिन्न
बिद्यार्थी संगठनले बिरोध गर्दै आएका थिए ।

No comments:

Post a Comment