काठमाडौं, माघ २७ -
दिल्ली विधानसभाको जारी मतगणनामा आम
आदमी पार्टी (आप)ले अग्रता लिएको छ ।
७०
सिटका लागि भएको चुनावको मतगणनाको पछिल्लो अवस्था यस्तो छ-
मतगणना भएको सिट- ७०
- आम आदमी पार्टी (आप)- ६४
- भारतीय जनता पार्टी (बीजेपी)- ५
- कांग्रेस आई- ०
- अन्यः १
चुनावमा आप र बिजेपीबीच तीब्र
प्रतिस्पर्धा थियो । विभिन्न सञ्चारमाध्यमले
गरेका एक्जिट पोलले यसअघि नै आपले स्पष्ट बहुमत ल्याउने
आंकलन गरिएको थियो । कांग्रेस आई तेस्रो स्थानमा छ।
विजयीसँगै आम आदमी पार्टीले अरविन्द
केजरीवालको नेतृत्वमा सरकार बनाउने छ ।
पछिल्लो चुनावमा ४९ दिनमै केजरीवालले
मुख्यमन्त्री त्यागेका थिए ।
पछिल्लो विधानसभामा आम आदमी पार्टीले २८ सिट
जितेको थियो । सामान्य
बहुमतका लागि दिल्लीमा ३६ चाहिन्छ । आपले
कांग्रेस आईसँग मिलेर सरकार बनाएको थियो ।
बिजेपीले भने किरण बेदीलाई
मुख्यमन्त्रीमा अघि सारेको छ ।
Monday, 9 February 2015
दिल्ली विधानसभामा अग्रताः आप- ६४, बीजेपी- ५, कांग्रेस आई- ०
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment