Monday, 9 February 2015

विनोद चौधरी फेरि फोर्ब्स अर्बपति सूचिमा, २० अर्ब सम्पति बढ्यो

काठमाडौं—उद्योगपति विनोद
चौधरी संसारका अर्बपतिहरूको सूचीमा तेस्रो पटक
पनि परेका छन्।
विश्वका धनीहरूको सूची प्रकाशित गर्ने
अमेरिकी पत्रिका ‘फोर्ब्स' ले सन् २०१५
का अर्बपतिहरूमा चौधरीलाई पुनः समावेश
गरेको हो। यो वर्ष उनको २० अर्ब
रुपैयाँ सम्पति बढेको विश्वका धनीहरूको सूची प्रकाशित
गर्ने अमेरिकी पत्रिका 'फोर्ब्स' ले उल्लेख
गरेको छ।
फोर्ब्सको यो सूचि मंगलबार सार्वजनिक
भएको हो। फोर्ब्सका अनुसार
विनोदको सम्पत्ति १ अर्ब ३० करोड
अमेरिकी डलर (१ खर्ब ३० अर्ब रुपैयाँ) बराबर छ।
फोर्ब्सले ५९ वर्षीय
चौधरीको आम्दानीको स्रोतलाई विविध
भनेको छ।
उनी फोर्ब्सको सूचीमा उनी १ हजार ३ सय ६ औं
स्थानमा परेका छन्। गत वर्ष उनी १ खर्ब १० अर्ब
रुपैयाँ सहित १ हजार ४ सय ६५औं स्थानमा थिए।
यसपालि उनी गत वर्षको दाँजोमा १ सय ५९
स्थान तल झरेका भए पनि उनको सम्पत्ति भने २०
अर्ब रुपैयाँ बढेको छ।
'फोर्ब्सको अर्बपतिहरूको सूचीमा तीन
वर्षअघि प्रवेश गरेका विनोद चौधरी नेपालकै
पहिलो अर्बपति हुन् जसले अधिकांश
सम्पत्ति विदेशबाट जोडेका हुन्,' फोर्ब्सले
आफ्नो अनलाइन संस्करणमा लेखेको छ,
'उनको सिनोभेसन/चौधरी ग्रुप (सिजी) ले
प्रख्यात वाइवाई ब्रान्डको चाउचाउ,
नेपालको नबिल बैंक तथा एसियाका विभिन्न
देशमा होटलका साथै हालै
अफ्रिकामा पनि होटल सुरुवात गरेका छन्।'
फोर्ब्सले तयार
पारेको सूचीको पहिलो स्थानमा अमेरिकाका बिल
गेट्स परेका छन्। उनको सम्पत्ति ७८.७ अर्ब
अमेरिकी डलरबराबर छ। उनी गत वर्ष
पनि पहिलो स्थानमै थिए। सेयर
बजारका बादशाह वारेन बफेट ७३.२ अर्ब डलर
सम्पत्तिसहित दोस्रो स्थानमा परेका छन्। ७०.९
अर्ब डलर सहित तेस्रो स्थान
मेक्सिकोका कार्लोस स्लिम हेलुले लिएका छन्।
विश्वका 'टप टेन' धनाढ्यमा अमेरिकाको बर्चस्व
रह्यो। १० मध्ये ६ धनीहरु अमेरिकाका परेका छन्।

No comments:

Post a Comment